+
+

पार्टी विभाजनप्रति नेम्वाङ निकै दु:खी हुनुहुन्थ्यो : झलनाथ खनाल

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २६ गते ९:५१

२६ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सुवास नेम्वाङको निधनले आफूलाई स्तब्ध बनाएको बताएका छन् ।

शोक वक्तव्य निकाल्दै उनले नेम्वाङ आफ्नो सातौं कक्षादेखिको सहपाठी भएको स्मरण गरेका छन् । माध्यमिक शिक्षा सँगसँगै अध्ययन गरेको, त्रिचन्द्र कलेजमा आईएससीसँगै पढेको र त्रिभुवन विश्वविद्यालयबाट स्नातक पनि सँगै गरेको स्मरण गर्दै उनले नेम्वाङसँगको सम्बन्ध उल्लेख गरेका छन् ।

आफूले नै नेम्वाङलाई २०२९ सालदेखि प्रगतिशील पार्टी राजनीतिमा आउन प्रेरित गरेको उल्लेख गर्दै उनले आफूहरु कोअर्डिनेसन कालदेखि नेकपा निर्माणको कालसम्म सँगै एउटै पार्टीमा रहेको पनि स्मरण गरेका छन् ।

एउटै पार्टीमा लामो समयसँगै काम गरेको भएकाले पछिल्लो समय पार्टी विभाजन भएपछि पनि आफूहरुको कुरा हुने गरेको उल्लेख गर्दै नेता खनालले पार्टी विभाजनप्रति नेम्वाङ दु:खी रहेको बताएका छन् ।

‘पार्टी विभाजन भएको प्रति उहाँ निकै दु:खी हुनुहुन्थ्यो । मिलेर काम गर्ने उपाय के हुन सक्छ भन्ने बारेमा हाम्राबीच चर्चा भइरहन्थ्यो । आखिर अनेक सम्भावना अगाडि हुँदाहुँदै पनि उहाँको यो दु:खद् निधन भएको छ,’ खनालले शोक वक्तव्यमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?