+
+

गाउँपालिका र नगरपालिका कार्यान्वयनका लागि मन्त्रालयले पायो ३४८ कर्मचारी

सुब्बाको सूची मागियो, खरिदार तत्काल उपलब्ध गराउन नसकिने

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ३० गते १३:०५

३० फागुन, काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटाउनका लागि स्थानीय विकास मन्त्रालयलाई थप ३ सय ४८ कर्मचारी उपलब्ध गराएको छ । सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगबाट अधिकृत तह पास भएर तालिममा रहेका ३ जना सहसचिव, ७५ जना उपसचिव, २ सय ७० जना अधिकृत र उपलब्ध गराएको हो ।

सामान्य प्रशासन मन्त्रालयले आइतबार स्थानीय विकास मन्त्रालयलाई पत्र लेखेर पहिलो चरणमा ३ सय ४८ कर्मचारी उपलब्ध गराउने प्रतिवद्धता जनाएको हो । बाँकी कर्मचारी आवश्यकताअनुसार उपलब्ध गराउने सामान्य प्रशासन मन्त्रालयका सहसचिव महेश्वर न्यौपानेले जानकारी दिएका छन् ।

मन्त्रालयले स्थानीय तह कार्यान्वयनका लागि आवश्यक पर्न सक्ने सुब्बा तहको कर्मचारी उपलब्ध गराउनेबारे समेत गृहकार्य गर्दैछ । स्थानीय विकास मन्त्रालयसँग सुब्बा तहका कति कर्मचारी छन् र कति थप आवश्यक पर्छ भन्ने निश्चित भएपछि थप कर्मचारी उपलब्ध गराउने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

खरदार तहको कर्मचारीको संख्या भने निकै न्यून रहेकाले अहिले नै उपलब्ध गराउन नसक्ने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

स्थानीय तह कार्यान्वयनका लागि २ सय उपसचिव आवश्यक पर्ने स्थानीय विकास मन्त्रालयले जनाएको छ । गाउँपालिकामा शाखा अधिकृत कार्यकारी अधिकृत हुनेछन् ।

स्थानीय विकास मन्त्रालयले ४ सय ८१ गाउँपालिकामा शाखा अधिकृतलाई कार्यकारी अधिकृतको जिम्मेजारी दिने तयारी गरेको छ । यसअघि गाविसमा सुब्बा वा खरिदार तहका कर्मचारी गाविस सचिवको जिम्मेवारीमा हुन्थे । यसअघिका गाविसमा सचिव रहेका कर्मचारीलाई वडा सचिव बनाएर काममा खटाउने मन्त्रालयको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?