Comments Add Comment

पारस खड्काले इमर्जिङ कप क्रिकेट नखेल्ने

३० फागुन, काठमाडौं । नेपाली टोलीका कप्तान पारस खड्काले इमर्जिङ टिम्स एसिया कप क्रिकेट नखेल्ने भएका छन् ।

इमर्जिङ टिम्स एसिया कप बंगलादेशमा हुनेछ । तर, कप्तान पारसले नखेल्ने जानकारी टिमलाई दिएका छन् ।

उनको केही साता अघि मात्र एपेन्डिक्सको शल्यक्रिया गरिएको थियो । उनले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत केन्याविरुद्धको दुबै खेल पनि खेलेनन् ।

तीन साताअघिमात्रै एपेण्डिक्सको शल्याक्रिया गरेका पारस पूर्ण फिट भइसकेका छैनन् । उनले केहि दिनअघिमात्रै प्रशिक्षणमा सामेल भएका थिए ।

केन्यासँगको खेलको एकदिन अघि आज पनि उनले टिममेटसँगै अभ्यास सत्रमा सहभागी भए ।

इमर्जिङ टिम एसिया कप क्रिकेटमा नेपाल र पाकिस्तान एकै समूहमा परेको छ ।  नेपाल समूह बीमा परेको छ, जसमा आयोजक बंगलादेशसँग पाकिस्तान र हङकङ छन् । नेपालका लागि हङकङ विश्व क्रिकेट लिग च्याम्पियन्सपसिपको आगामी प्रतिद्वन्द्वी पनि हो ।

यो समूहको खेल क्रक्स बजारमा हुनेछ ।  समूह एमा भारतसँगै श्रीलंका, अफगानिस्तान र मलेसिया परेका छन् । यो समूहको खेल चिटगोङमा हुनेछ । पारसले आफूलाई अझै एक महिना रेष्टको आवश्यक्ता रहेकाले इमर्जिङ कपमा खेल्न नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment