 
																			८ चैत्र, कपिलवस्तु । कपिलबस्तुको शिवराज नगरपालिका-६ पैखीबण्डामा भएको आगलागीमा १६ घरगोठ जलेर नष्ट भएका छन् । स्थानीय बुधई कुर्मीको गोठबाट सुरु भएको आगलागीले ११ घर र ५ गोठ जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।
आगलागीले कुर्मीको १ तल्ले कच्ची घर, गोठ जलेको छ भने एउटा गाई जलेर मरेको । दुईवटा गोरु घाइते भएका छन् ।
आगलागीले स्थानीय शोनाउल्लाह मिया सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ । आगलागी भए लगत्तै स्थानीय, नेपाल प्रहरी र बिभिन्न नगरपालिकाको दमकल आगलागीस्थलमा पुगेका थिए ।
आगलागीका कारण ५४ लाख बढीको क्षति भएको प्रारम्भिक आकलन गरिएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4