कृष्णभिर क्षेत्रमा खसेको पहिरो ।
News Summary
Generated by OK AI. Editorially reviewed.- नागढुंगा–मुग्लिन सडक खण्डका १० ठाउँमा पहिरो खस्दा आइतबार बिहान १० बजेसम्म सडक अवरुद्ध भएको छ।
- कृष्णभिर, ज्यामिरेघाट चौकीभिर, घोप्टेभिर र सिमलधारामा दुईतर्फी आवागमन रोकिएको आयोजनाले जनाएको छ।
- आयोजनाले पानी रोकिएपछि उपकरण परिचालन गरी सडक खोल्ने र सकेसम्म यात्रा नगर्न आग्रह गरेको छ।
११ असोज, काठमाडौं । नागढुंगा-मुग्लिन सडक खण्डको विभिन्न १० ठाउँमा पहिरो गएको छ ।
नागढुंगा-मुग्लिन सडक आयोजनाका अनुसार आइतबार बिहान १० बजेसम्म यो सडक खण्डको १० ठाउँमा पहिरो गएको छ ।
आयोजनाका अनुसार कृष्णभिर, ज्यामिरेघाट चौकीभिर, घोप्टेभिर र सिमलधारामा पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध रहेको छ ।
शीलतबजार, गोमती खोला, हुग्दी खोलादेखि जवाङ खोला, फिस्लिङ, चुम्लिङटार र धारापानी क्षेत्रमा पहिरो खसेको छ । जसका कारण यी क्षेत्रमा सडक एकतर्फी रहेको आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार पानी पर्न रोकिएपछि सबै स्थानमा आवश्यक उपकरण परिचालन गरी अवरुद्ध सडक खोलिने छ।
आयोजनाले भनेको छ, ‘आज पनि यस सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहने हुँदा सकेसम्म यात्रा नगर्नुहुन सम्पूर्ण सडक प्रयोगकर्तालाई अनुरोध छ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4