
८ चैत, काठमाडौं । भृकुटीमण्डपमा तीन दिने २२ औं फ्लोरा एक्स्पो (पुष्प मेला) शुक्रबार काठमाडौंमा सुरु भएको छ ।
प्रदेश ३ सरकार अन्तर्गतको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र कृषि ज्ञान केन्द्र ललितपुरको सहकार्यमा फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले मेला आयोजना गरेको हो ।
मेलामा पुष्प व्यवसायीहरुले आफूले उत्पादन गरेका विभिन्न जातका फूल र विरुवाहरु प्रदर्शनमा राखेका छन् । तीन दिनसम्म चल्ने मेलामा करिव ५० हजार अवलोकनकर्ताले अवलोकन गर्ने र ६० लाख रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ ।
मेलामा पुष्प व्यवसायीले आफ्नो स्टल आकर्षक फूल र विरुवाहरुले सजाएका छन् । मेला हेर्न जाने सर्वसाधारण आकर्षक स्टलहरुमा फोटो खिचेर रमाइलो गरिरहेका भेटिन्छन् ।
हेर्नुहोस् तस्वीरहरु :
तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4