+
+
Shares

भन्सार छली ल्याइएका १० लाखभन्दा बढीका सामान बरामद

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते ६:४०

२० असोज, काठमाडौं । पर्साको वीरगञ्जबाट भन्सार छली भारतबाट ल्याइएका १० लाख ६ हजार ७ सय ६० रुपैयाँ बराबरका मोबाइल, कस्मेटिक सामान र स्याउ बरामद गरिएको छ।

वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकबाट भारतबाट भन्सार छली ल्याइएका एप्पल कम्पनीका आइफोन–१७ तीन थान र आइफोन–१५ एक थान बरामद गरिएको हो। बरामद मोबाइलको मूल्य पाँच लाख ५२ हजार २१० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट भन्सार छली ल्याउँदै गरेको ४ लाख ५४ हजार ५५० रुपैयाँ बराबरका कस्मेटिक सामान र स्याउ बरामद गरिएको छ।

बरामद सबै सामानको कुल मूल्य १० लाख ६ हजार ७ सय ६० रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?