२४ साउन, सिरहा । सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट सुरक्षाकर्मीको टोलीले करिब ९ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।
नम्बर ७ गण हेडक्वार्टर सिरहाका अनुसार २०८३ साल साउन २३ गते जिल्लाका विभिन्न सीमा इलाकाबाट मोटरसाइकल, लत्ताकपडा, कस्मेटिक सामान, किराना सामान तथा विभिन्न किसिमका मदिरालगायतका सामान बरामद गरिएको हो।
बरामद गरिएका सामानको कुल अनुमानित मूल्य ८ लाख ९७ हजार ९ सय ७९ रुपैयाँ रहेको नम्बर ७ गण हेडक्वार्टर सिरहाले जनाएको छ।
बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा दाखिला गर्ने प्रक्रियामा रहेको गणले जनाएको छ।
सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा चोरी–पैठारी नियन्त्रणलाई प्राथमिकतामा राख्दै सुरक्षा निकायले नियमित गस्ती, निगरानी तथा चेकजाँचलाई थप प्रभावकारी बनाउँदै आएको सशस्त्र प्रहरीका एसपी सुमन जंग थापाले बताए।
एसपी थापाका अनुसार सीमा क्षेत्रमा हुने गैरकानुनी गतिविधि नियन्त्रणका लागि सुरक्षा निकायको निगरानी नियमित रूपमा भइरहेको छ।
सीमा क्षेत्रमा हुने गैरकानुनी गतिविधि नियन्त्रणका लागि सुरक्षा निकायबीच समन्वय गरी निगरानी, गस्ती तथा चेकजाँचलाई निरन्तरता दिइने एसपी थापाले जानकारी दिए।
प्रतिक्रिया 4