+
+

नितम्बमा गिलास अठ्याउने अनौठो च्यालेन्ज

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ३० गते १८:३०

सोसल मिडियाको अहिलेको युगमा इन्टरनेटमा बेलाबखतमा अनेकथरी कुरा भाइरल बनिरहेका हुन्छन् । गत वर्ष बरफ भरिएको बाल्टिन जिउमा खन्याउने आइस बकेट च्यालेन्ट इन्टरनेटमा खुबै भाइरल बनेको थियो । अहिले फेरि अर्को रोचक च्यालेन्ज चर्चामा छ । बट फि्लप कम नामबाट इन्टरनेटमा भाइरल बनिरहेको यो च्यालेन्जमा ठूलो संख्यामा सोसल मिडिया प्रयोगकर्ताहरुले भाग लिइरहेका छन् ।

वास्तवमा यो च्यालेन्ज नयाँ होइन, यसले पुनरागमन गरेको हो । यसमा हातखुट्टाले टेकेर घोप्टो परेको अवस्थामा नितम्बमाथिको भागमा गिलास ठड्याइन्छ अनि नितम्ब तथा ढाड हल्लाएरै उक्त गिलास पल्टाएर घोप्टो पारेर पुनः अठ्याइन्छ ।

डेलीस्टारका अनुसार सन् २०१२ मा एक युवतीले यसै गरेर तयार गरेको भिडियो इन्टरनेटमा अपलोड गरेसँगै त्यो दशौँ लाखले हेरेका थिए । सोही भिडियोको सिको गर्दै अहिले त्यसलाई इन्टरनेट च्यालेन्जकै रुपमा सोसल मिडिया प्रयोगकर्ताले अघि बढाइरहेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?