+
+

योजनाको ‘म त बस्नै नसक्ने’

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत १ गते १३:२१

गायिका योजना पुरीले द्रोस्रो एल्बमको ”म त बस्नै नसक्ने” बोलको गीत आफ्नै युटुव च्यानल मार्फत सार्वजनिक गरेकी छिन् । यस गीतमा १० ओटा भन्दा बढी कभर भिडियो बनेर आएमा त्यहा बाट एउटा भिडियो उत्कृष्ट एक भिडीयो मेकरलाई योजनाकै नयाँ गीतमा भिडियो खेल्ने अवसर दिइने योजनाको योजना रहेको बताइन ।

यस गीतलाई रार्जिव शाहले संगीत र संगीत समंयोजन दुवै गर्नु भएको छ भने शब्द गणेश सुबेदीले लेख्नु भएको छ । भिडियोमा के .कें अधिकारी सगँ जोडीरुपमा देखीएकी गायिका योजना पुरीले क्यामारामा जोडी भएर काम गरे पनि हामी साथी हौ नाम नजोदिनु होला सम्म भनेकी छिन् ।

म्युजिक भिडियो अहिलेका ब्यस्त निर्देशक युवराज वाइवाले गरेका छन भने क्यामेरा अहिलेका जल्दाबल्दा उत्सव दहालले खिचेका हुन् । म्युजिक भिडियोमा अर्को महत्वपुर्ण काम सम्पादन अहिलेका सबैको रोजाइमा परेका एडिटर निशान घिमीरेकोले गर्नुभएको छ । सबैजना मेहनती र अहिलेका जल्दाबल्दा ब्यतित्वहरुले साथ पाएको योजना पुरीको भिडियोले साथ पाउने कुरामा बिश्वास गर्ने ठाउँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?