+
+

गोविन्द हत्यामा भारतले नेपालसामु माफी माग्नुपर्छः गौतम

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत १ गते १३:५६

 

१ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष बामदेव गौतमले गोविन्द गौतमको हत्या प्रकरणमा सरकारले भारतलाई माफी माग्न लगाउनु पर्ने बताएका छन् । साथै भारतले नेपाललाई एक करोड भारु क्षतिपूर्ति दिनु पर्ने समेत बताए ।

एमालेको मेची महाकाली अभियान अन्तरगत नेपालगञ्जमा आयोजित सभामा पूर्वगृहमन्त्री समेत रहेका गौतमले भने, ‘सरकारले भारतलाई माफी माग्न लगाउनुपर्छ ।’

साथै भारतले नेपाललाई एक करोड भारु क्षतिपूर्ति दिनु पर्ने र यो गोविन्द गौतमको परिवारलाई दिनु पर्ने उनले बताए ।

एमाले नेता गौतमले अघि भने, ‘यो सबैलाई छेकबार गरेर मैले नेपालको जनतालाई थामथुम पारेँ भनेर यो सरकार भारतको चाकरी गर्ने र सरकार टिकाउन लागेको छ ।’

तस्वीरः कमल प्रसार्इं/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?