Comments Add Comment

निषेधित क्षेत्र हटेपछि सामान्य बन्दै आनन्दबजार

१ चैत, कैलाली । नेपाल भारत सीमा विवादका कारण गत बिहीबारदेखि तनावग्रस्त कञ्चनपुरको पुुनर्वास नगरपालिका वडा नम्बर ८ आनन्द बजार मंगलबारबाट समान्यतर्फ उन्मुख देखिएको छ ।

कञ्चनपुर प्रशासनले लगाउँदै आएको निषेधित क्षेत्र फुुकुुवा गरेपछि स्थानीयहरु विस्तारै आफ्नो दैनिकीमा सक्रिय हुन थालेका छन् । यद्यपि नेपाली र भारतीय प्रशासनले आनन्दबजार नाकाबाट आवतजावतमा रोक लगाएका छन् ।

सीमा सुरक्षामा खटिएका भरतिय एसएसबी ४९ बटालियन पिलिभितका कमाण्डेड (एसपी) दिलबाग सिंहले सीमा विवाद साम्य पार्न दुवै देशका सीमाविदहरु बसेर ज्वाईन्ट सर्भेपछि डिमार्केशन गर्न आवश्यक रहेको बताए ।

गत बिहीबार भएको सीमा विवादमा भारतीय सुरक्षाकर्मीले स्थानीय गोविन्द गौतमको हत्या गरेपछि कंचनपुर प्रशासनले यहाँ निषेधित क्षेत्र घोषणा गरेको थियो ।

सर्वर्दलीय बैठकपछि आजबाट निषेधित क्षेत्र हटाइएको कंचनपुरका प्रमुुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment