Comments Add Comment

गुल्मीका १० गाउँपालिका र २ नगरपालिका उदघाटन, कार्यालय प्रमुख पनि तोकियो


१ चैत, गुल्मी । गुल्मी जिल्लाका १० गाउँपालिका र २ नगरपालिकाको कार्यालय मंगलबार उदघाटन भएको छ । सरकारले तयार पारेको नयाँ संरचना अनुसार गुल्मी जिल्लाका ७५ गाविस र १ नगरपालिकालाई समायोजन गरी १० गाउँपालिका र २ नगरपालिकामा कार्यकारी अधिकृतसहित कार्यालय उदघाटन गरिएको जिल्ला बिकास समिति गुल्मीका योजना शाखा अधिकृत खड्ग थापाले जानकारी दिए ।

नयाँ संरचना अनुसार मंगलबारबाट सम्बन्धित गाउँपालिका र नगरपालिकाको केन्द्रमा पुगेर कार्यलय उद्घाटन गरिएको अधिकृत थापाले जानकारी दिए ।

रेसुङ्गा नगरपालिकामा कार्यकारी अधिकृतमा बाबुराम पल्ली, मुसिकोट नगरपालिकामा नबराज घिमिरे, इस्मा गाउँपालिकामा नरबहादुर अर्याल, कालिगण्डकी गाउँपालिकामा शिबहरी मरासिनी, गुल्मी दरबार गाउँपालिकामा र्फसबहादुर कार्की, सत्यवती गाउँपालिकामा हरि प्रसाद भण्डारी नियुक्त भएका छन् ।

यसैगरी चन्द्रकोट गाउँपालिकामा लोकनाथ पोखरेल, रुरु गाउँपालिकामा जगन्नाथ ज्ञवाली, छत्रकोट गाउँपालिकामा शेरबहादुर कुवँर, धुर्कोट गाउँपालिकामा डिल्लीराज आचार्य, मदाने गाउँपालिकामा डिल्लीराज भट्टराई र मालिका गाउँपालिकामा युवराज खड्का कार्यकारी अधिकृतमा नियुक्त भएका छन् ।

रेसुङ्गा नगरपालिकामा पहिलेकै कार्यकारी अधिकृत पल्लीलाई नै नियुक्त गरिएको छ भने अन्य गाउँपाललिका र नगरपालिकामा गाविसमा रहेका सचिवहरुलाई थप जिम्मेवारी दिएर कार्यकारी अधिकृतमा जिम्मेवारी दिइएको जिविस गुल्मीका कार्यक्रम अधिकृत शंकर गौतमले जानकारी दिए ।

मंगलवारबाटै जिल्लाका सबै वडा कार्यालयमा पनि कर्मचारी नियुक्त भएका छन् । गुल्मीमा १० गाउँपालिका र २ नगरपालिकामा जम्मा ९३ वटा वडा छन् । सबैभन्दा बढी रेसुङ्गा नगरपालिकामा १४ वटा वडा रहेका छन् भने कममा ६ वटा वडाको गाउँपालिका रहेका छन् ।

-अनिल खत्रीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment