+
+

सिटिजन्स बैंकको सहकार्यमा ‘बुद्धिष्ट इकोनोमिक्स’ वित्तीय साक्षरता कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत १ गते १६:४०

१ चैत, काठमाडौं । वित्तिय साक्षरता अन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहकार्यमा लुम्बिनी बुद्धिष्ट युनिभर्सिटि र लुम्बिनी रिसर्च सेन्टर फर अण्डरस्ट्याण्डिङ एण्ड पिसले बुद्धिष्ट इकोनोमिक्स विषयमा कार्यक्रमको आयोजना गरेको छ । काठमाडौंमा आयोजित उक्त छलफल कार्यक्रममा इटोनियाको रगनार नुरस्की स्कुल अफ इन्नोभेसन एण्ड टेक्नोलोजीका चेयर अफ गभर्नेस प्रोफेसर बुल्फग्यांङ ड्रिचलरले बुद्धिष्ट इकोनोमिक्सको बारेमा विषेश जानकारी दिएका थिए ।

राष्ट्रिय तथा अन्तरराष्ट्रिय बौद्धिक वर्गहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा विशेष सेल्फ सफिसेन्सीमा विचार आदान प्रदान भएको थियो । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रममा सहकार्य गरेको जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?