Comments Add Comment

कांग्रेस नेता रामहरि ढुंगेलको निधन

३ चैत, काडमाडौं । पूर्व सहायक मन्त्री तथा नेपाली कांग्रेसका नेता रामहरि ढुंगेलको आज निधन भएको छ । उनको डेरामा सुतिरहेकै अवस्थामा निधन भएको हो ।

रामेछापका पूर्व सांसद ढुंगेल डिल्लीबजारस्थित आफ्नै कोठामा बिहीबार बिहान मृत भेटिएको नेपाली कांग्रेसले जनाएको छ । उनी लामो समयदेखि उच्च रक्तचाप र ग्याष्ट्रिकको समस्याबाट ग्रसित थिए ।

नेपाली कांग्रेसले बिज्ञप्ति जारी गर्दै निष्टावान नेता स्वर्गीय ढुंगेलप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पनि ढुंगेलप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
नेता ढुंगेलको आजै पोष्टमार्टम हुने र त्यसपछि दिउँसो २ बजेदेखि अन्तिम श्रद्धाञ्जलिका लागि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिने कांग्रेसले जानकारी दिएको छ । उनको आजै अन्त्येष्टि गरिनेछ ।

२०१३ सालमा रामेछापको तत्कालीन पकरबास गाविसमा जन्मिएका ढुंगेल बिद्यार्थी राजनीति हुँदै २०५६ को प्रतिनिधिसभा चुनावमा रामेछाप क्षेत्र नम्बर २ बाट सांसद निर्वाचित भएका थिए । स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सरकारमा उनी कृषि सहायकमन्त्री थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment