Comments Add Comment

वर्षा र कालीप्रसाद ‘वर्ष व्यक्ति’ घोषित

विगत ८ बर्षदेखि प्रकाशित हुँदै आएको फिल्मी साप्ताहिक पत्रिका ‘फिल्मीखबर’ ले यो वर्षको वर्ष व्यक्ति महिला र पुरुष घोषित गरेको छ । पत्रिका स्थापनाको ७ वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा ‘वर्ष व्यक्ति महिला र पुरुष’ घोषित गरिएको हो ।

चलचित्र ‘नाइँ नभन्नु ल ४’, ‘छक्का पन्जा’, ‘जात्रा’ जस्ता सफल चलचित्रमा काम गरेर एकाएक चलचित्र क्षेत्रमा उदाएकी वर्षालाई पत्रिकाले ‘वर्ष व्यक्ति महिला’ घोषित गरेको छ । यस्तै, ‘रेशम फिलिली’, ‘पुरानो डुङ्गा’, ‘लुट २’ जस्ता चलचित्रका सफल संगीतकार तथा गायक कालीप्रसाद बाँस्कोटालाई ‘वर्ष व्यक्ति पुरुष’ घोषित गरिएको छ ।


कालीप्रसादले कार्यक्रममा आफ्ना चर्चित गीत गाएर सुनाएका थिए । यस्तै, नायिका वर्षा राउतले यो सम्मानले आफूलाई अझै ऊर्जा मिलेको बताइन् । कार्यक्रमका प्रमुख अतिथि वनमन्त्री शंकर भण्डारीले चलचित्र क्षेत्रलाई अब आउने बजेटमा उच्च स्थान दिन पहल गर्ने बताए । यस्तै, उनले फिल्म स्टुडियोका लागि पनि पहल गर्ने बताए ।

पत्रिकाका प्रधान सम्पादन शान्तिप्रियले आठ वर्षसम्म पत्रिका प्रकाशन गर्नु चुनौतीको विषय भएको भन्दै त्यसलाई आफूहरुले पुरा गरेको बताए । कार्यक्रममा राप्रपाकी केन्द्रीय सदस्य एवं नायिका रेखा थापाले पत्रिका नेपाली चलचित्र क्षेत्रका लागि फलदायी भएको बताइन् । कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment