+
+

कसैलाई पनि एक पैसा कर छुट दिँदैनौंः अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत ३ गते १७:०९


३ चैत, काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले एनसेललाई पुँजीगत लाभकरबाट उन्मुक्ति दिने कुनै निर्णय नभएको दाबी गरेका छन् ।

संसदको सार्वजनिक लेखा समितिको बैठकमा बिहीबार उपस्थित भएका अर्थमन्त्री महराले यसबारे छलफल भएपनि कुनै निर्णय नभएको बताए ।

उनले भने, ‘संसदीय समितिको निर्देशनको प्रतिलिपि समेत राखेर एसनसेलले छिटो निर्णय होस् भनेर प्रधानमन्त्रीलाई चिठी लेखेको रहेछ । यसबारे छलफल भएको हो तर, निर्णय भइसकेको होइन ।’
उनले अघि भने, ‘बाहिर जे आएको छ यो छलफल भएको विषयका रुपमा बुझ्नुपर्छ ।’

कर छली स्वीकार नभएको उनले बताए । कर छल्नेलाई कडा कारबाही हुने भन्दै उनले भने, ‘एक पैसा पनि कर नछोडी असुल उपर गर्नु अडान राख्दै आएको छौं ।’

आयकर ऐनले कर अति र कसले असुल गर्छ भन्ने प्रष्ट व्यवस्था रहेको भन्दै उनले भने, ‘यो हाम्रो अधिकार होइन । सरकार, मन्त्रिपरिषदले विशेष निर्देशन गर्न सक्छ । म कहाँ निवेदन आयो भने पनि निर्देशन दिनेमात्र हो । कर अधिकारीहरुले नै छानविन गरेर निर्णय गर्ने हो ।’

लेखासहित अर्थ र विकास समितिको निर्देशन मन्त्रालयले पाएको भन्दै उनले एनसेल खरिद बिक्री हुँदा बिक्रेताबाट पनि कर असुल गर्नु पर्ने बताए ।

यो पनि पढ्नुहोस् 

एनसेलको लाभकर विषयमा लेखा समितिले प्रधानमन्त्रीसँग छलफल गर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?