गोरखनाथ मठका महन्त एवं उग्र हिन्दु संगठन हिन्दु युवा वाहिनीका संस्थापक योगी आदित्यनाथलाई मुख्यमन्त्री बनाएर संघ परिवारले गुजरातपछि उत्तर प्रदेशलाई हिन्दुत्वको दोस्रो प्रयोगशाला बनाउन सुरु गरेको छ ।
तर, के उत्तर प्रदेश र उत्तराखण्डमा भारतीय जनता पार्टीले पाएको शानदार चुनावी सफलताले राष्ट्रिय स्वयंमसेवक संघ -आरएसएस हिन्दु राष्ट्रको आफ्नो लक्ष्यको एक कदम अझ नजिक पुगेको छ ?
यो प्रश्नको जवाफ सजिलो छैन र न त हिन्दु राष्ट्रको एक राजनीतिक यथार्गमा परिर्वतन सहज छ ।
तर, नौ दशक पहिला १९२५ मा सुरु भएको राष्ट्रिय स्वयंमसेवक संघको यात्रालाई हेर्ने हो भने थाहा हुन्छ कि यसक्रमा थुप्रै हिन्दुवादी समाज समितिहरु बन्यो, फैलियो र हराए । तर, आरएसएस आफ्नो लक्ष्यमा विचलित भएको छैन ।
संघले लगातार भन्दै आएको छ कि भारतलाई हिन्दु राष्ट्र बनाउने उसको लक्ष्य छ ।
संघको रणनीति
संघ वर्णाश्रम धर्म व्यवस्थामा कुनै तोडमोड नगरी सबै हिन्दु जातिको ‘समरसता’को छातामुनी ल्याउन चाहन्छ । तर, यसका लागि उसलाई पटकपटक हिन्दु समाज बनाउनुपर्छ र चारैतिरबाट दुश्मनले घेरिएको छ ।
यसका लागि पटकपटक नयाँनयाँ दुश्मन खोज्नुपर्छ ताकि त्यसलाई देखाएर हिन्दु समाजलाई एकजुट गर्न सकियोस् । तर, आफैंले बनाएको दुश्मनलाई देखाएर हिन्दुहरुलाई एकजुट गर्नु संघको व्यापक रणनीतिको एक हिस्सा मात्र हो-पुरा रणनीति होइन ।
उत्तर प्रदेशको चुनावी सेसनमा संघ-भाजपाको रणनीतिको हरेक रंग देख्न पाइयो ।
मोदीको लोकप्रियता
प्रधानमन्त्री नरेन्द्र मोदीले कब्रिस्तान-श्मशानको हवाला दिएर हिन्दु र मुसलमानलाई अलग-अलग ठाउँमा उभ्याए तर, साथै गरिब बस्तीमा ग्यास सिलिण्डर पुर्याए र कामदार वर्गसम्म यो सन्देश पुर्याउन पनि सफल भए कि नोटबन्दी वास्तवमा ‘धनीलाई चोट’ हो ।
यद्यपि लोकसभा चुनावमा बीजेपीको यो भन्दा पनि बढी समर्थन मिलेको थियो तर, त्यसबेलाबाटै नरेन्द्र मोदीको लोकपि्रयतामा असर परेको मानिएको थियो ।
यसैले जनता दल -युनाइटेड)का एक वरिष्ठ नेताले भनेका थिए, अब फेरि एक जाति चलाउनुपर्छ । त्यो हिन्दुत्वको कार्ड साबित हुनेछ ।’
तर, ठीक उत्टो भयो । जातीय समिकरण यसकारण उलटपुलट भयो कि उत्तर प्रदेशको ८५ आरक्षित विधानसभा सिटमा बहुजन समाज पार्टीले मात्र २ सिट जित्न सक्यो ।
मुसलमानलाई लगभग १०० टिकट दिने उसको रणनीति असफल सावित भयो । भारतीय जनता पार्टीले एक पनि मुसलमानलाई टिकट नदिएर प्रष्ट सन्देश दियो कि उ मुलसमानको भोटको भोको छैन ।
हिन्दुत्वको नयाँ प्रयोगशाला
यदि कसैको बचेखुचेको भ्रम थियो भने पनि गोरखनाथ मठको महन्त योगी आदित्यनाथलाई प्रदेशको मुख्यमन्त्री बनाएर पार्टी र संघले यो सन्देश प्रष्ट र ठूलो अक्षरमा यूपीको आकासमा लेखेको छ ।
यो निर्णयले यो पनि प्रष्ट भएको छ कि गुजरातपछि उत्तर प्रदेश हिन्दुत्वको प्रयोगशाला बनेको छ ।
एक मानेमा गुजरातको तुलनामा उत्तर प्रदेशमा हिन्दुत्वको प्रयोग धेरै कठिन र पेचिलो सावित हुनेछ । तर, नरेन्द्र मोदीले जातीय विभाजनलाई बेकार सावित गरेर, कब्रिस्तान-श्मसानको माध्यमबाट हिन्दु र मुसलमानलाई एकअर्काको आमनेसामने खडा गरेर र राष्ट्रवादी राष्ट्रद्रोहीको बहसको प्रयोग गरेर यो प्रयोगको आधार बनाएका छन् ।
अब मुख्मन्त्रीका रुपमा यो प्रयोगलाई अगाडि बढाउने जिम्मेवारी संघ परिवारले योगी आदित्यनाथलाई दिएका छन् । गुजरातमा हिन्दुत्वको प्रयोग र यसको पाठ योगीको सामुन्ने छ ।
मुस्लिम विरोधी बयान
विश्व हिन्दु परिषद्, बजरंग दल र राष्ट्रिय स्वयंसेवक संघले २००२ मा गोधराकाण्डपछि गुजरातमा एक यस्तो उदाहरण बनाए, जसको स्मृति मुसलमान कहिल्यै भूल्न सक्दैनन् ।
अब उत्तर प्रदेशका चार करोड मुसलमानका अगाडि त्यो आदित्यनाथ छन्, जसको मुसलमानविरोधी बयानका कारण कयौं पटक विवाद सृजना गरेका छन् ।
फबि्रअरी २०१५ मा उनले घोषणा गरे कि मौका पाउँदा उनले ‘देशका सबै मस्जिदमा गौरी गणेशको मूर्ति स्थापना गर्नेछन् ।’ यस्ता आदित्यनाथलाई मुख्यमन्त्री बनाउँदा धर्ननिरपेक्षता पक्षधर वा मुसलमानलाई आपत्ति त हुन्छ नै ।
तर, अब संघ-बीजेपीलाई उसको वास्ता किन होस् ? किनकी यो शब्दमा भारतीयको विश्वास हटाउने अभियान २०/२५ वर्ष पहिले लालकृष्ण आडवाणीले सुरु गरेका थिए, यसको असर अब महसुस हुन थालेको छ ।
बीजेपीको उद्देश्य
कयौं मध्यमवर्गीय परिवारमा अब धर्मनिरपेक्षतालाई जनतन्त्रको एक महत्वपूर्ण मूल्य होइन, कांग्रेससी र फेसनेवल कम्युजिष्टको छल मान्न थालिएको छ ।
तर, यहाँसम्म पुग्नका लागि संघ र भारतीय जनता पार्टीले जबरजस्त लचिलोपन पनि देखाएको छ ।
यसक्रममा जब महान्मा गान्धीमाथि आक्रमण गर्नु अघि उसका कट्टर आलोचक दुई पटक सोच्थे र समाजवादको माध्यमबाट बराबरीको सपना साकारा गर्ने कुरा गर्थे । त्यसक्रममा अठल बिहारी वाजपेयीले ‘गान्धीवादी समाजवाद’लाई भारतीय जनता पार्टीको उद्देश्य घोषित गरेका थिए ।
कुनै अर्को राजनीतिक शक्तिबाट यस्तो लचिलोपनको उदाहरण कमै मात्र पाउन सकिन्छ ।
उत्तर प्रदेशमा योगी आदित्यनाथलाई ल्याउनुको अर्को खएउटा उद्देश्य छ ।
राम मन्दिर
भलै अयोध्यामा राम जन्मभूमि मन्दिर बनाउने बीजेपीको चुनावी मुद्दा बनेन्, चुनाव प्रचारका क्रममा पटकपटक बनाउने प्रयास गरेको थियो । बीजेपीका नेता एवं राज्यसभा सखस्य सुब्रहृमण्यम स्वामीले भनेका थिए, आगामी २ वर्षमा म राम जन्मभूमि मन्दिर बनाउँछु ।’
बाबरी मस्जिद राम जन्मभूमिका मुद्दाले नै सिधासिधा हिन्दु र मसलमानलाई एकअर्काविरुद्ध उभ्याइसकेको छ । अहिले यो विवाद सुपि्रम कोर्टमा छ र बीजेपीले भन्दै आएको छ कि यो विषय अदालतको माध्यमबाट वा आपसी सहमतिका आधारमा समाधान गर्नुपर्छ ।
तर, अबको केही वर्षमा यसलाई एउटा निष्कर्षमा पुर्याउन प्रयास गरिन्छ र अयोध्यामा मन्दिर बन्यो भने योगी आदित्यनाथको सरकारले यसको विरोध गर्नेहरुप्रति कस्तो रवैया अपनाउँछ, यो अहिले कल्पना मात्र गर्न सकिन्छ ।
सत्ता साझेदारीबाट अलग गरिएका उत्तर प्रदेशका मुसलमानहरुको त्यसबेला यति इच्छाशक्ति बाँकी रहला कि उसले प्रखर रुपमा आफ्नो विरोध पनि दर्ता गर्न पाओस् ?
आगामी दिनमा उत्तर प्रदेशको यस नयाँ प्रयोगशालामा थुप्रै प्रयोग हुने वाला छ, हेर्दै जानुस्
बीबीसी हिन्दीबाट अनुवादित
प्रतिक्रिया 4