Comments Add Comment

निर्वाचन आयोगले असंवैधानिक निर्णय गर्‍योः कमल थापा

विराटनगर विमानस्थलमा राप्रपा अध्यक्ष कमल थापा । तस्वीर: ध्रुव भट्टराई/अनलाइनखबर

६ चैत, विराटनगर । राप्रपाका अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

राप्रपा मोरङद्वारा आइतबार विराटनगरमा आयोजित कार्यक्रममा उनले निर्वाचनमा मधेसी मोर्चालाई पनि सहभागी हुन आह्वान गरे ।

राप्रपाका अध्यक्ष थापाले निर्वाचन आयोगले हिन्दू राष्ट्र र राजसंस्थालाई हटाउने एकपक्षीय रुपमा असंवैधानिक निर्णय गरेको जनाउँदै सो विषयमा पार्टीले सडक र सदनमा आवाज उठाउने जानकारी दिए ।

पार्टीका जिल्ला अध्यक्ष माधव आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेताहरु शैलेन्द्र बान्तवा, राजाराम बड्तौलालगायतले निर्वाचनमा पार्टी कार्यकर्तालाई एकजुट हुन आहृवान गरेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment