Comments Add Comment

निर्वाचन आयोगले भन्यो- दलहरुबीच समझदारी नहुनु दुःखद

६ चैत, काठमाडौं । स्थानीय चुनावको तयारीमा जुटेको निर्वाचन आयोगले निर्वाचनको वातावरण बनाउन दलहरुबीच समझदारी नहुनु दुःखद भएको बताएको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आयोगले मात्र चुनाव गर्न नसक्ने भन्दै सहयोग गर्न राजनीतिक दल, मतदाता सबैलाई आग्रह गरे । आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त यादवले समझदारी जुटाउन र चुनावमा भाग लिन दलहरुलाई आग्रह गरेका छन् ।

प्रदेश नम्बर २ को अवस्था जटिल नै रहेको भन्दै उनले हालै भएको भेटमा प्रधानमन्त्रीले दलहरुसँग छलफल गरेर चुनावको वातावरण बनाउने आश्वासन दिएको बताए ।

यस्तै प्रमुख आयुक्त यादवले राप्रपाको विधान कटौती संविधान अनुसार भएको बताएका छन् । कुन ऐन र दफा अनुसार राप्रपाको विधान कटौती भएको हो भन्ने प्रश्नमा प्रमुख आयुक्त यादवले भने, ‘नेपालको संविधान २०७२’ अनुसार भएको हो । उनले अघि भने, संविधान अनुसार आयोगले सोच विचार गरेरै निर्णय गरेको हो, त्यही आधारमा बुझ्नुपर्यो ।’

निर्वाचनका लागि ७६ प्रकारका सामाग्री आवश्यक रहेको र त्यसको तयारीमा जुटेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment