+
+

नेपाल-बेलायत दौत्य सम्बन्धको द्वीशतवार्षिकी भव्यरुपमा मनाइयो

बेलायती राजकुमार हृयारी र नेपालका उद्योगमन्त्री जोशीद्वारा आपसी सम्बन्धको चर्चा

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत ८ गते ८:४३

८ चैत, बेलायत । नेपाल-बेलायत दौत्य सम्बन्धको दुई सय वर्ष पुगेको अवसरमा बेलायतको लण्डनमा एक भव्य समारोह भएको छ ।

सोमबार सम्पन्न समारोहलाई सम्बोधन गर्दै बेलायती राजकुमार हेनरी अफ बेल्स(ह्यारी) र नेपालका उद्योगमन्त्री नवीन्द्रराज जोशीले बेलायत र नेपालको आपसी सम्बन्धबारे चर्चा गरेका थिए ।

समारोहलाई सम्बोधन गर्दै हृयारीले नेपाली वीर, परिश्रमी र इमानदार भएको उल्लेख गर्दै बेलायतका लागि गोर्खालीले पुर्‍याएको योगदान कदरयोग्य भएको बताए ।

समारोहमा सहभागी उद्योगमन्त्री जोशीले दुई देशको सम्बन्ध सुविचारित भएको भन्दै नेपालको समृद्धियात्रामा बेलायती सहयोगको अपेक्षा व्यक्त गरे ।

समारोहमा बेलायती राजकुमार हृयारीले १३ जना भूतपूर्व गोर्खा सैनिकहरुको तस्वीर अनावरण गरेका थिए ।

हृयारीको सम्मानार्थ विभिन्न साँस्कृतिक प्रस्तुतिहरु समेत प्रदर्शन गरिएको थियो ।

समारोहमा बेलायतका रक्षामन्त्री मार्क ल्याङ्स्टार, नेपालसम्बन्धी बेलायती सांसद समूहका अध्यक्षसहित बेलायती संसद सदस्यहरु, नेपाली सेनाका डेपुटी कमाण्डर इन चिफ, बेलायत सरकारका विभिन्न मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरु, विभिन्न देशका राजदूतहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?