Comments Add Comment

चिनियाँ पक्षसँग खुलेर छलफल गर्छुः प्रधानमन्त्री प्रचण्ड

८ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भ्रमणका क्रममा चिनियाँ पक्षसँग खुलेर छलफल गर्ने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्ड पर्सि बिहीबार चीन भ्रमणमा जाँदैछन् । उनी बोआओ सम्मेलनमा सहभागी हुनका साथै राष्ट्रपति सी जिनपिङलाई भेट्ने तय भएको छ ।

भ्रमणका क्रममा नयाँ सम्झौताहरु गर्ने भन्दा पनि यसअघि भएका सहमति र सम्झौताहरु कार्यान्वयन गर्ने र नयाँ समझदारी गर्दै अगाडि बढ्न आधार तयार गर्ने प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।

मंगलबार विहान बसेको पार्टी संसदीय दलको बैठकमा माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले राष्ट्रपति सीसँग भेट तय भएको जानकारी दिए र ‘हामी हाम्रा कुराहरु राख्छौं । र, भोलिका दिनमा चीन नेपाल सम्वन्ध कसरी अगाडि बढ्ने भन्ने समझदारी बनाउँछौं’ प्रचण्डको भनाइ उदृत गर्दै सांसद हरिबोल गजुरेलले भने ।

प्रधानमन्त्री प्रचण्डले वैशाख ३१ को चुनाव हुन्न कि भन्ने आशंका नगर्न पार्टीका सांसदहरुलाई आग्रह गरेका छन् । ‘निर्वाचन हुन्छ र कुनै हालतमा गराउनुपर्छ’ उनले भने, ‘चुनाव हुन्न कि भन्ने म सुन्नै चाहन्न ।’

उनले मधेसी मोर्चासँग सहमतिको प्रयास भइरहेको र छिट्टै सकारात्मक नजिता आउने बताए ।

बैठक पर्सि फेरि बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment