Comments Add Comment

मेयर वा गाउँपालिका प्रमुखमा एक व्यक्ति दुई कार्यकालसम्म मात्रै

९ चैत, काठमाडौं । राजनीतिलाई पेशा बनाउनेहरुका लागि आगामी बैशाख ३१ गते सम्पन्न हुने स्थानीय तहको निर्वाचन महत्वपूर्ण बन्दैछ । स्थानीय तह सरकारको रुपमा स्थापना भइरहेकाले यसको महत्व बढेको हो । प्रशस्त अधिकार, ठूलो आर्थिक स्रोत परिचालन गर्न सक्ने हुँदा धेरैले यो पदको आकांक्षा गरिरहेका हुन सक्छन् । तर हरेक नागरिकले स्थानीय तहको प्रमुख पदमा उम्मेदवारी दिनुपूर्व के थाहा पाउन जरुरी छ भने, एक व्यक्ति स्थानीय तहमा दुई पटक भन्दा बढी निर्वाचित हुन पाउने छैन ।

कुनै उम्मेदवारले अब लगातार स्थानीय तहको चुनाव जित्ने र गाउँपालिका/नगरपालिका प्रमुख भएर बस्ने सपना देखिरहेको छ भन्ने त्यो गलत हो ।
संविधानले स्थानीय तहको प्रमुखमा निर्वाचित व्यक्ति दुई कार्यकालभन्दा बढी सो पदका लागि उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ । संविधानको धारा २ सय १५ को उपदफा ७ मा यस्तो व्यवस्था गरिएको छ । उक्त दफामा भनिएको छ, ‘अध्यक्षको पदमा दुई कार्यकाल निर्वाचित भएको व्यक्ति गाउँपालिकाको निर्वाचनमा उम्मेदवार हुन पाउने छैन ।’

पदाधिकारीको अवधि पाँच वर्ष

स्थानीय तहका पदाधिकारीहरुको पदावधि पाँच वर्ष हुनेछ । अध्यक्ष वा उपाध्यक्षको एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा कुनै कारणबस उक्त पद रिक्त हुन गएमा बाँकी अवधिका लागि रिक्त पदको पूर्ति उपनिर्वाचनबाट हुनेछ । एक वर्षभन्दा कम समय बाँकी रहँदा उक्त दुईमध्ये कुनै एक पद वा दुवै पद रिक्त भएपनि उपनिर्वाचन नहुने व्यवस्था संविधानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment