Comments Add Comment

कावेली-ए आयोजनाको निर्माण सुरु, ०७७सम्म उत्पादन थाल्ने


१० चैत, ताप्लेजुङ । ताप्लेजुङ र पाँचथरको सिमाना भएर बग्ने काबेली नदीमा निर्माण हुन लागेको प्रतिक्षित कावेली ए जलबिद्युत आयोजनाको सिलान्यास भएको छ ।चर्चा भएको छ वर्ष पछि बल्ल सिलान्यास भएको हो ।

योसँगै अब आयोजनाको निर्माण कार्यले तिव्रता पाउने भएको छ । २०६७ साल देखिनै आयोजना निर्माणका लागि विभिन्न प्रकृया सुरु गरेको सो आयोजनाको विहिबार एक कार्यक्रमकाबीच सिलान्यास गरिएको हो ।

३७.६ मेगावाटको उक्त आयोजना करिब दश अर्बर् रुपैँयाको लगानीमा निर्माण हुन लागेको ट । जसमा जलविद्युत विकास कम्पनीमार्फत ४ अर्ब वर्ड बैंक, ४ अर्ब आईएफसी र २ अर्ब बुटवल पावर कम्पनीको लगानी रहेको कावेली ईनर्जी प्रालिका अध्यक्ष प्रदिप श्रेष्ठले बताए ।

झिझ्याङ र टिडब्लुसिडब्लु नामक दुईवटा चिनियाँ कम्पनीले आयोजना निर्माणको जिम्मा पाएका छन् । पाँचथरको अमरपुर २ र ५ को खोलाखर्कमा पोखरी निर्माण गरि साढे चार किलोमिटर सुरुङमार्ग बनाई पिनासी घाटमा पावर हाउस निर्माण गरिने तयारी रहेको सहयोगी संस्था इन्फ्राको एसिया प्रमुख एलार्डको भनाइ छ ।

विहीबार सिलान्यास भए सँगै अब सुरुङ मार्गको काम सुरु भएको र काम सम्पन्न गरी २०७७ सालसम्ममा विद्युत उत्पादन हुने आयोजना प्रमुख विरेन्ऽ श्रेष्ठले जानकारी दिए । सो आयोजनामा काम गर्न चीनबाट नै कामदार ल्याइएको छ ।

पाँचथरको अमरपुर र पञ्चमी, ताप्लेजुङको थेचम्बु र नाफ्ोल्याङ गाविस आयोजनाबाट प्रभावित क्षेत्रमा पर्छन् । यस अघि आयोजना स्थलमा जाने सडक सरकारका नाममा पास गर्ने, सडक निर्माण गर्ने काम मात्र भएको थियो ।

कावेली ए जलविद्युत आयोजनाका आयोजना प्रमुख विरेन्ऽ श्रेष्ठका अनुसार बटो खनिएपछि प्रयोग नआएकाले क्षती पूर्तीवापत स्थानिय वासिलाई तत्कालिन जिल्ला दररेट अनुसार ७५ प्रतिशत मूल्य बाटोमा प्रयोग गरीएको जग्गाको दिइएको थियो ।

भालुचोक देखि खोलाखर्क सम्म जाने आठ किलोमीटर र भालुचोकवाट पिसानी जाने बाटोमा पर्ने जग्गाधनिलाई क्षतीपूर्ती दिइ्रँदै जग्गा सरकारको नाममा पास गरीसकिएकोले अब काममा बाधा नआउने भएकाले आयोजनाको सिलान्यास गरीएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment