Comments Add Comment

रोनाल्डोको दुई गोलमा हंगेरीमाथि पोर्चुगलको सहज जित

१३ चैत, काठमाडौं । सुपरस्टार क्रिष्टियानो रोनाल्डोको दुई उत्कृष्ट गोलको सहयोगमा युरोपेली च्याम्पियन पोर्चुगलले विश्वकप छनौटमा हंगेरीबिरुद्ध ३-० को सहज जित हासिल गरेको छ ।

७०औं अन्तर्राष्ट्रिय गोल गर्ने क्रममा स्पेनिस क्लव रियल मडि्रडका सुपरस्टार तथा पोर्चुगलका कप्तान रोनाल्डोले पहिलो हाफमा आन्द्रे सिल्भाको पासमा पहिलो गोल गरे । त्यसअघि खेलको ३२औं मिनेटमा सिल्भाले गोल गर्दै घरेलु मैदानमा पोर्चुगललाई अग्रता दिलाइसकेका थिए ।

खेलको ६५औं मिनेटमा त रोनाल्डोले कमाल नै गरे । करिव २५ मिटर टाढाबाट प्रहार गरेको फ्रिकिक सुन्दर गोलमा परिणत हुँदा रोनाल्डोले आलोचकहरुलाई राम्रो जवाफ दिए । मूख्यतः राष्ट्रिय टोलीबाट उनको फ्रिकिक रेकर्डका लागि आलोचना हुन्थ्यो ।

पोर्चुगलका लागि १३८अाैं खेलमा उनले ७० गोलको अाँकडा पार गरे ।

जितका बाबजुद विश्वकप युरोपेली छनौटको समूह बीमा पोर्चुगल शीर्ष स्थानको स्वीट्जरल्याण्डभन्दा ३ अंकले पछाडि छ । हिजै भएको खेलमा स्वीट्जरल्याण्डले लात्भियालाई १-० ले हराएको थियो । पाँच खेलमा स्वीट्जरल्याण्ड अविजित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment