Comments Add Comment

एकैदिन ४७ अंकले बढ्यो नेप्से


१३ चैत, काठमाडौं । आइतबार नेप्से परिसुचक ४७ अंकले बढेर १५ सय ३३ अंकमा पुगेको छ । त्यस्तै ‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स १०.२२ अंकले बढेर ३ सय ३३.४८ अंक कायम भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार बजारमा १ सय ४ कम्पनीको ३६ लाख ५७ हजार १ सय २२ कित्ता सेयर १० हजार ५ सय ५८ पटक किनबेच हुँदा १ अर्ब ७६ करोड १ लाख २५ हजार ६ सय ५५ रुपैयाँको कारोबार भएको थियो ।

बजारमा सबै परिसुचक बढेको देखिएको छ । बिमाको सुचक सबैभन्दा बढि २ सय ७ अंकले बढेको छ । आइतबार भएको कारोबारका आधारमा प्रभु इन्सुरेन्स, एनसिसि बैंक नेशनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेका छन् ।

हाम्रो बिकास बैंक, लक्ष्मी लघुबित्त सस्था र जनउत्थान सामुदायीक लघुबित्त बिकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने सप्ताकोसी डेभलपमेन्ट बैंक, साहरा बिकास बैक र प्रभु इन्सुरेन्सका लगानीकर्ताले सबैभन्दा बढि गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment