Comments Add Comment

आर्थिक समाचारः ५० वर्षपछि धावनमार्ग कालोपत्रे फेरिँदै

१४ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा ५० वर्ष पुरानो कालोपत्रे विस्थापनको प्रकृया अघि बढेको छ । नयाँ धावनमार्ग निर्माणका लागि आह्वान भएको ग्लोबल टेन्डरबाट ५ कम्पनी प्राविधिक छनोटमा परेका छन् ।

५० वर्षपछि धावनमार्ग कालोपत्रे फेरिँदैलाई मुख्य समाचार बनाएको कारोबार दैनिकले कालोपत्रे गरिएपछि विमानलाई २४ सै घन्टा सञ्चालन गर्ने नागरिक उड्डयन प्राधिकरणको तयारी रहेको उल्लेख गरेको छ । सेयर बजारको वृद्धि ‘अस्वाभाविक’लाई पनि कारोबारले लेखेको छ । पुर्ननिर्माणको सन्दर्भमा दोस्रो किस्ताका लागि खुकुलो कार्यविधिलाई पनि कारोबारले उल्लेख गरेको छ । आगामी आर्थिक वर्षमा शिक्षामा १५ अर्ब वैदेशिक सहयोगलाई कारोबारले लेखेको छ ।

लघु उद्योग र उद्यमशीलता नीति बन्दैलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । सेयर कारोबार गर्ने मुख्य सहर छिरे ब्रोकरलाई पनि नागरिकले लेखेको छ । त्यस्तै वैदेशिक रोजगार ऐन मस्यौदामा मत बाझिएकोेलाई उल्लेख गरेको नागरिकले भारतीय बन्दरगाहमा विदेशी कार्गोको सघन चेकजाँचलाई पनि लेखेको छ ।

नेपाल-भारत इन्धन सम्झौता नवीकरणका सन्दर्भमा तेस्रो मुलुकबाट आयात प्रस्तावलाई अन्नपूर्णले मुख्य समाचार बनाएको छ । आठ महिनामा व्यापार घाटा ६ खर्बलाई पनि अन्नपूर्णले समाचार बनाएको छ ।

प्रतिबन्धित भारु नोट सटही सन्दर्भमा अभियान दैनिकले ‘छलफल निष्कर्षविहीन’लाई मुख्य समाचार बनाएको छ । चैत १५ देखि साना जलविद्युत अन्तरर्राष्ट्रिय सम्मेलनलाई पनि अभियानले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment