Comments Add Comment

अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो चैत १७बाट काठमाडौंमा


१४ चैत, काठमाडौं । “शान्ती, सम्बृद्धि तथा स्वच्छ वाताबरणको लागि पुष्प व्यवसाय” भन्ने नाराका साथ तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो २०७३ काठमाडौंमा हुने भएको छ ।

नेपाल सरकार कृषि विकास मन्त्रालयको सहयकोग तथा फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा चैत १७ गतेबाट ४ दिन सम्म चल्ने यो एक्स्पोमा २८ वटा अन्तर्राष्ट्रिय स्टल सहित ९९ सय वटा स्टल रहने छन् ।

यसैगरी अफिसियल स्टलका लागि ७ वटा, प्रतियोगितात्मक प्रदर्शनीका लागि ३ वटा, ल्याण्डस्केपिङ्गका लागि ४ वटा र व्यवसायीक स्टलका लागि ५७ वटा स्टल रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मेलामा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मल, फूलको गानो, विउ विजन, ग्रीन हाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रबिधी र विषादीका प्रदर्शनी तथा विक्री कक्ष रहनेछन् ।

मेलामा सहभागी भएका बिभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरु विच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न बिधाहरुमा प्रथम हुने पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने समेत कार्यक्रम रहेको फ्यानले जनाएको छ ।

यसैगरी २०४२ सालमा स्थापना भई निरन्तर कार्य गर्दै आएको महाराजगंज, काठमाण्डौ स्थित महर्जन नर्सरीलाई कदर-पत्रद्वारा सम्मान गरिने कार्यक्रम समेत रहेको छ ।

यो तेस्रो अन्तराष्ट्रिय फ्लोरा एक्स्पो बाटपुष्प व्यवसाय संचालन गर्न चाहने, घर आगन तथा बगैंचा सजाउन चाहने, फूल विरुवाप्रति अभिरुची राख्ने तथा यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैको निम्ति उपयोगी हुने विश्वास एशोसिएशनले लिएको छ । साथै पुष्प व्यवसायको क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी प्ानि मेला स्थलमा नै प्राप्त गर्न सकिन्ो छ ।

प्रबिधी बिस्तारका लागि भारत, बंगलादेश, श्रीलंका, चीन र दक्षिण कोरिया लगायत मुलुकबाट पुष्प व्यवसायीहरु मेलामा सहभागी हुने मेला संयोजक तथा बरिष्ठ उपाध्यक्ष दिलिप बादेले जानकारी दिए । अन्तराष्ट्रिय स्तरमा प्रयोग भईरहेको प्रबिधीको बिषयमा २८ वटा स्टलहरु राखिएका छन् ।

यी प्रबिधीहरु पुष्प क्षेत्रलाई मात्र नभएर सम्पुर्ण व्यवसायीक कृषिका लागि समेत अतिनै उपयोगी हुने भएकोले कृषिसंग सम्बन्धित व्यवसायी, अध्ययन अध्यापन गर्ने गराउने तथा अनुसन्धानमा संलग्न संघ संस्था एवं व्यक्तिहरुलाई यो मेला अत्यन्त उपयोगी हुने विश्वास फ्यानले लिएको अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए । एक्स्पो अबधि भरमा ६५ हजार अवलोकनकर्ता तथा ७५ लाख बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।

न्ोपालमा बि.स. २०११ मा नेपाल प्राइभेट नर्सरीको स्थापना संगै सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय अाव २०७२/७३ सम्म आई पुग्दा हाल ३९ जिल्लामा लगभग ६७८ पुष्प व्यवसाय विस्तार भईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment