+
+

रसुवागढी नाकामा सवारी आवागमन बन्द

रासस  रासस 
२०७३ चैत १४ गते १४:३५

१४ चैत, रसुवा । नेपाल–चीनको उत्तरी नाका रसुवागढीबाट आइतबार साँझदेखि सवारी आवागमन बन्द भएको छ ।

सीमा प्रहरी चौकी, टिमुरेका अनुसार रसुवागढीबाट करिब १४ किमी पर चिनियाँ भू–भागको सडकमा माथिबाट सुख्खा पहिरो गई सडक अवरुद्ध भएपछि नेपाल आयातका लागि व्यावसायिक सामान बोक्नेलगायत सबैखाले सवारी साधन आवातजावत बन्द भएको छ ।

सडक खोल्न कम्तीमा तीनदिन लाग्ने चिनियाँ सुरक्षाकर्मीले जानकारी दिएका छन् । बा ६ ख ९७६५ नम्बरको आफ्नो कन्टिनर डिब्बा बाटोमै छोडी नेपालतर्फ आएको कन्टिनर चालक लाक्पा नुर्पु तामाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?