Comments Add Comment

यी कुरा, जसले तपाईको यौन जीवन खल्लो बनाउँछ

दाम्पत्य सुखको एउटा हिस्सा हो, यौन सम्बन्ध । स्वास्थ्य र सक्रिय यौन जीवनले दाम्पत्य जीवनलाई बलियो बनाउँछ । सुमधुर बनाउँछ । र, सुखी पनि ।

तर, यौन सम्बन्धका लागि एकजनाले मात्र इच्छा गरेर पुग्दैन । यसमा दुबैको समान सहभागी हुनुपर्छ, मानसिक तथा शारीरिक रुपले । यौन सम्बन्ध तब मात्र आनन्ददायक हुन्छ, जब दुबै पार्टनर त्यसका निम्ति तयार हुन्छन् ।

यद्यपी सधै यस्तो हुँदैन । कहिले कहिं पति/पत्नीमध्ये एकजनामा यौनइच्छा हुँदैन । पार्टनरले जबरजस्ती गर्दा उनीहरुबीच मनमुटाव हुन सक्छ । खासगरी महिलाहरु यौन सम्पर्कका लागि त्यती रुची राख्दैनन् । किन ?

यसको पछाडि केहि कारण हुन्छ । जस्तो कि, महिलामा हुने हर्मोनको परिवर्तनले पनि उनीहरुमा यौनइच्छा घट्न सक्छ । त्यसबाहेक केहि यस्ता आनीबानी हुन्छ, जसले यौन जीवनमा तगारो हाल्छ ।

शरीर तन्दुरुस्त नहुनु

शरीर स्वास्थ्य र तन्दुरुस्त छ भने नै, सक्रिय यौन सम्बन्ध स्थापित गर्न सकिन्छ । अक्सर यौन सम्पर्कका लागि शारीरिक रुपमा पनि तन्दुरुस्त हुनु आवश्यक छ । यसका लागि व्यायम गर्नुपर्छ । व्यायामले शरीरमा यस्तो हर्मोन प्रवाह गराउँछ, जसले भित्रैवाट खुसी पैदा हुन्छ । यदि तपाई व्यायाम गर्नुहुन्न भने, त्यसको असर तपाईको शयनकक्षामा पनि पर्छ ।

निन्द्रा पुरा नहुनु

महिलाहरु घरको कामकाजमा व्यस्त रहन्छन् । त्यही कारण उनीहरु आफ्नै लागि समय पाउँदैनन् । घरधन्दाको चटारोले गर्दा पनि उनीहरु राम्ररी निदाउन पाउँदैनन् । यसले उनीहरुमा शारीरिक सम्बन्ध बनाउने इच्छा मर्दै जान्छ ।

डिहाइड्रेशन

डिहाइड्रेसनले पनि यौन इच्छामा कमी ल्याउँछ । पर्याप्त पानी वा झोलयुक्त पदार्थको कमीले शरीरमा डिहाइड्रेसन हुन्छ । त्यसैले यौन जीवन सक्रिय बनाउनका लागि पानी पनि पर्याप्त पिउनु आवश्यक हुन्छ ।

अस्वस्थ्यकर खानपान

छिटो छरितो भोक मेट्नका लागि बजारमा पाइने अस्वस्थ्यकर खानेकुरा खाइन्छ । अहिले जंकफूडको लत पनि धेरैलाई हुन्छ । यसले यौन जीवनमा असर गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment