+
+

ललितपुर महानगरपालिकामा सामुदायीक कुकुर घटे

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत १५ गते १४:४३

१५ चैत, ललितपुर । ललितपुर महानगरपालिका क्षेत्रमा सामुदायिक कुकुरहरुको संख्या करिब तीन हजारको हाराहारीमा रहेको एक अध्ययनले देखाएको छ ।

यसअघि सन् २०१४ मा गरिएको अध्ययनअनुसार करिब चार हजार ५ सय कुकुर रहेका थिए ।

कुकुरहरुको मानवीय व्यवस्थापन कार्यक्रम अन्तरगत एनिमल नेपाल नामक गैरसरकारी संस्थाले गरेको अध्ययनबाट यस्तो तथ्यांक सार्वजनिक भएको हो । एनिमल नेपालले करिब तीन महिना लगाएर सफ्टवेयरको प्रयोग गरी कुकुरहरुको तथ्यांक संकलन गरेको हो ।

अध्ययनमा हरेक सामुदायिक कुकुरको रंग, लिंग, त्यसको स्वास्थ्य अवस्था, बन्ध्याकरण, गर्भावस्था, बच्चा लगायतका विभिन्न विवरणहरु समेटिएको थियो ।

अध्ययनका क्रममा कुल दुई हजार नौ सय ४३ सामुदायिक कुकुरहरुमध्ये एक हजार पाँच सय ७७ वटा भाले र एक हजार चार सय ८९ वटा पोथी पाइएको थियो ।

ललितपुर महानगरपालिकासँगको सहकार्यमा २२ वटा वडामा अध्ययन गरिएको थियो ।

ललितपुर नगर क्षेत्रमा भएका सामुदायिक कुकुरहरुको लगत संकलन गरी उनीहरुको संख्यालाई मानवीय तबरले व्यवस्थापन गर्ने कार्यका लागि यो आँकडाले मद्दत पुर्‍याउने पशुकल्याणका क्षेत्रमा क्रियाशील प्रमदा शाहको भनाई छ ।

ललितपुर नगर क्षेत्रमा गरिएको सामुदायिक कुकुरको संख्या गणनापछि ती कुकुरहरुको बन्ध्याकरण पनि चाँडै गरिने एनिमल नेपालका कार्यकारी निर्देशक उत्तम काफ्लेले बताए ।

सन् २०१७ मा एनिमल नेपालले २ हजार कुकुरलाई रेबिज बिरुद्धको खोप, ११ सय पोथी कुकुरको बन्ध्याकरण र एक हजार कुकुरलाई उपचार सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।

घरमा पालिएका कुकुरलाई विभिन्न बहानामा सडकमा छाड्ने प्रवृत्तिका कारण सडकमा सामुदायीक कुकुरहरुको संख्या बढ्ने गरेको छ । सडकमा बेवारिसे छाडिएका कुकुरहरुको उचित हेरचाहको अभावमा टोक्ने, भुक्ने, रिसाउने तथा रेबिज रोगको जोखिम रोकथामका लागि स्थानीय निकाय महानगरपालिकाले सहकार्यका लागि हातेमालो गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?