Comments Add Comment

स्थानीय चुनावको मुखैमा एमालेको काठमाडौं जिल्ला कमिटी पुनर्गठन

मेयरका दाबेदारलाई जिल्लाको पदाधिकारी बनाइयो

१६ चैत, काठमाडौं । स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा नेकपा एमालेले काठमाडौं जिल्ला कमिटी पुनर्गठन गरेको छ । गुटबन्दीका कारण स्थानीय तहको चुनावमै असर पर्ने भएपछि सबै पक्षलाई मिलाएर जिल्ला कमिटी पुनर्गठन गरिएको एमाले स्रोतले जनाएको छ ।

३ नम्बर प्रदेश कमिटीका सहसंयोजक काशिनाथ अधिकारीको नेतृत्वमा गठित कार्यदलको सिफारिसका आधारमा कृष्ण राई संयोजक र बसन्त मानन्धर सहसंयोजक रहने गरी जिल्ला कमिटी पुनर्गठन गरेको हो ।

राई यसअघि कार्यवाहक अध्यक्षको जिम्मेवारीमा थिए । मानन्धर लामो समयदेखि जिम्मेवारीविहीन थिए ।

पुनर्गठित जिल्ला कमिटीको सचिवमा विद्यासुन्दर शाक्य र उपसचिवमा सरिता न्यौपाने चयन भएका छन् । उनीहरु यसअघि पनि सोही जिम्मेवारीमा थिए ।

संयोजक कृष्ण राई गोकर्णेश्वर नगरपालिकाका सम्भावित मेयरका प्रत्याशी हुन् भने सहसंयोजक मानन्धर काठमाडौं महानगरपालिकाको मेयरका दावेदार हुन् । सचिव शाक्य पनि काठमाडौं महानगरपालिकाको मेयरका दाबेदार हुन् । काठमाडौं जिल्ला कमिटीमा ३८ जना नयाँ सदस्य थपेर १२५ सदस्यीय बनाइएको केन्द्रीय सदस्य जीवनराम श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment