Comments Add Comment

प्रहरी चौकीका लागि निःशुल्क जग्गा प्रदान

१८ चैत, सोलुखुम्बु  । सोलु दूधकुण्ड नगरपालिका–१ स्थित टाक्सिन्दुमा प्रहरी चौकी निर्माणका लागि एक स्थानीयले करिब नौ लाख मूल्य बराबरको तीन रोपनी जग्गा निःशुल्क प्रदान गरेक छन् ।

स्थानीय पासाङ ग्याल्जेन शेर्पाले प्रहरी चौकी निर्माणका लागि सो जग्गा निःशुल्क प्रदान गरेका हुन् । प्रदान गरिएको जग्गा बिहीबार नै जिल्ला मालपोत कार्यालय सोलुुखुम्बुबाट प्रहरी चौकी टाक्सिन्दुको नाममा रजिस्ट्रेसन पास गरिएको शेर्पाले बताए ।

प्रहरी चौकीको भवन निर्माणका लागि जग्गा नहुँदा समस्या भएपछि आफूले जग्गा निःशुल्क उपलब्ध गराएको उनले बताए ।

अब प्रहरी चौकीको नाममा जग्गा प्राप्त भएको छ, जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका प्रमुख माधवप्रसाद बुढाथोकीले जग्गा प्राप्त भएपछि भवन निर्माणका लागि बजेट खोज्न सहज हुने जानकारी दिए ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment