+
+
Shares

एलआईसी नेपालको ‘धनवृष्टि’ योजना शुरु

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २८ गते २१:१३

२७ चैत, काठमाडौं । “जीवन बीमाको साथमा, धनवृष्टि ३-३ वर्षमा” भन्ने सन्देशका साथ एलआईसी नेपालले ‘धनवृष्टि’ नामक जीवन बीमा योजना बजारमा ल्याएको छ । नयाँ वर्ष २०७६ को अवसर पारेर कम्पनीले आयोजना गरेको एक समारोहबीच उक्त ‘धनवृष्टि’ योजनाकोसार्वजनिक अनावरण बीमा समितिका अध्यक्ष चिरत्र्जीवी चापागाँईंले गरे ।

१३ देखी ६० बर्षसम्म उमेरका व्यक्तिहरुले यो जीवन बीमा योजना लिन सक्नेछन् । न्यूनतम बीमाङ्क रकम रु. १ लाख कायम गरिएको छ भने अधिकतम बीमाङ्कको सीमा बीमा अन्डरराइटिङ्ग नियमानुसार जति पनि लिन सकिन्छ । यस योजनामा बीमा अवधि १० वा १५ बर्षको हुनेछ ।

१० वर्षे अवधिको बीमा लिंदा हरेक ३ वर्षमा बीमाङ्कको ३३ प्रतिशत रकम फिर्ता हुन्छ भने १५ वर्षे अवधिमा हरेक ३ वर्षमा बीमाङ्कको १५प्रतिशत रकम फिर्ता हँुदै जान्छ । बीमा परिपक्वतामा अन्तिम फिर्ता हुने रकमकोसाथमा बीमा अवधिमा आर्जित बोनस रकम एकसाथ प्रदान गरिन्छ ।

यदि बीमा अवधिमा बीमितको निधन भएमा बीचमा धनफिर्ता गरिएको रकम कट्टा नगरी पुरै बीमाङ्क रकमकोसाथ आर्जित बोनस रकम इच्छाइएको व्यक्तिलाई प्रदान गरिन्छ । न्युन बीमाशुल्क कायम गरिएको यो ‘धनवृष्टि’ योजनामा अधिकतम् रु. ७५ लाखसम्मको दुर्घटना लाभ र स्थायी असक्तता लाभसमेत उपलब्ध छन् । २ वर्षको बीमाशुल्क भुक्तानीपश्चात् बीमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधासमेत लिन सक्नेछन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलपी दासले बीमितले यस बीमा योजनामार्फत विविध क्षेत्रका पेशाकर्मी तथा व्यवसायीहरु जसले जीवन बीमाको साथमा आफ्नो रकममा सजिलो तरलता चाहन्छन् उनीहरुको लागि ‘धनवृष्टि’ योजना अतिउत्तम हुने वताए।

कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले नयाँ बीमा योजनाको बारेमा प्रकाश पार्नु भयो । उनले ‘धनवृष्टि’ योजनामा बीमितले ३-३ वर्षमा नै आफुले लगानी गरेको बीमा शुल्कको ठुलो हिस्सा फिर्ता प्राप्त गर्ने हुँदा आफ्नो लगानी रकम आफैसँग रहने र साथमा एलआईसी नेपालको जीवन बीमा पनि पाइने भएकोले ग्राहकहरुलाई यो ‘धनवृष्टि’ लिन आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?