Comments Add Comment

सुडानका राष्ट्रपतिलाई सेनाले गर्‍यो सत्ताच्युत

काठमाडौं । झण्डै ३० वर्षदेखि सत्तामा रहेका सुडानका राष्ट्रपति ओमार अल-बशीरलाई सेनाले सत्ताच्युत गरेको छ । उनी अहिले सेनाको हिरासतमा रहेको त्यहाँका रक्षामन्त्रीले बताए ।

सरकारी टेलिभिजनमार्फत सम्बोधन गर्दै मन्त्री अवाद इन्ब ओउफले बताएअनुसार सेनाले अब दुई वर्षे संक्रमणकालको जिम्मा लिने निर्णय लिएको छ । त्यसपछि चुनाव हुनेछ ।

तीन महिने संकलकाल लागू गरिएको समेत उनले बताए ।

ओमार अल-बशीर सन् १९८९ देखि सुडानको सत्तामा थिए । तर, पछिल्लो केही महिनामा उनीविरुद्ध प्रर्दशन हुँदै आएको थियो ।

सेनाले सत्ता कब्जा गरेपछि उनलार्य सुरक्षित स्थानमा राखिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment