Comments Add Comment

धनुषामा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको बजेट फ्रीज हुँदै


१९ चैत, काठमाडौं । विवादका कारण धनुषाका दुईवटा निर्वाचन क्षेत्रको योजना छनौट हुन सकेको छैन । समयमा योजना छनोट हुन नसकेको कारणले गर्दा रकम फि्रज हुने सम्भावना समेत बढेको छ ।

निर्वाचन क्षेत्र पुर्वाधार विशेष कार्यक्रम अन्र्तगत छुट्याइएको ३ करोड रुपैया खर्च गर्नका लागि सांसदहरुले योजना छनौट गर्नुपर्ने हुन्छ । धनुषाको निर्वाचन क्षेत्र नम्बर १ र ४ को हालसम्म योजनाहरुको छनौट हुन सकेको छैन ।

धनुषा क्षेत्र नमबर १का निर्वाचित सांसद दिनेश परसैलालले आफु खुसी योजनाको छनौट गरेको भन्दै सांसद मुक्ता यादवले उच्च अदालत जनकपुरमा मुद्दा हालेपछि विवाद बढेको हो । सासंद परसैलाल निर्वाचित र मुक्रा समानुपातिक तर्फका नेपाली कांग्रेसका सांसद हुन् ।

धनुषा क्षेत्र नम्बर ४ का निर्वाचित सांसद संजयकुमार साहको पद निलम्बनमा परेपछि जेष्ठ सदस्यको हैसियतमा नेपाली काग्रेसका समानुापतिक सांसद लिला कोइरालाको अध्यक्षतामा बैठक बसेर योजनाहरुको छनौट हुदै आएको थियो ।

तर सद्भावना सांसद माधवी रानी साहले सो निर्णय नमान्ने र आफनो अध्यक्षतामा बैठक बसेको अवस्थामा मात्रै योजनाको कार्यान्वयन गर्नुपर्ने मांग अघि सारेपछि सो क्षेत्रमा समेत योजनाहरुको कार्यान्वयन हुन सकेको छैन ।

सांसदहरुले योजनाहरु समयमा छनौट गर्न नसकेपछि कार्यान्वयनमा समस्या आउने जिल्ला प्राविधिक कार्यालयका प्रमुख राजकिसोर साहले बताए ।

धनुषा क्षेत्र नम्बर ४ को योजनाबाट जनकपुर उद्योग वाणिज्य संघको सभाकक्ष निर्माणको लागि ६५ लाख रुपैया विनियोजन गरिएको थियो । तर अहिले आएर सो योजना कार्यान्वयनमा नआएपछि रकम पाइएको छैन । संघले पुर्व स्वीकृत योजनाको रकम निकासा नभए आन्दोलनमा जाने चेतावनी दिइसकेको छ ।

धनुषामा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्र्तगत आउने रकम सांसदहरुबीचको विवादका कारण समयमै योजना छनौट हुन नसक्दा हरेक बर्ष फ्रीज हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment