१९ चैत, काठमाडौं । बालोन डि’ओर नेयमारको दिमागमा छ तर, त्यही व्यक्तिगत महत्वकांक्षा नै फुटबल खेल्नुको मुख्य कारण होइन ।
२०१७ सिजनमा देखिएको छ कि उनको क्षमता के छ ? साथै आफ्नो क्षमता देखाउन त्यति नै प्रतिवद्ध पनि देखिएका छन् ।
‘म बालोन डि’ओर जित्न चाहन्छु तर, यसका लागि हतार छैन’ नेयमारले स्पोट्स एक्सप्रेससँग भनेका छन्, ‘यो मेरो उद्देश्यमा एक हो, मेरो सपना पनि । तर, निजी महत्वकांक्षाका कारण मैले खेलेको होइन ।’
उनले अघि भनेका छन्, म खेल्छु किनकी टिमलाई सहयोग गर्दा र समर्थकहरुलाई खुसी बनाउन मन पर्छ र रमाउँछु ।’
यनले आफ्नो सफलताका कारण बार्सिलाका अन्य दुई स्ट्राइकर भएको पनि बताए । ‘मेस्सी र स्वरेज फिचमा साथी छन्’ उनले अघि भने, ‘मैदानमा हाम्रो पूर्णताका लागि एकअर्काका पुरक हौं ।’
साथै नेयमारको दिमागबाट अझै पेरिस सेन्ट जर्मेन (पीएसजी)विरुद्ध गरेको कमब्याक गएको छैन । ‘मैले त्यस्तो महसुस कहिल्यै गरेको थिइँन, जतिबेला सार्गी राबर्टोले पीएसजीविरुद्ध छैटौं गोल गरे’ नेयमारले भने ।
साथै उनले रियो ओलम्पिकमा जितेको स्वर्ण पनि आफ्नो करियरको महत्वपूर्ण भएको बताए । २०१८ को रुस विश्वकप ब्राजिलले जित्ने उनको विश्वास छ ।
प्रतिक्रिया 4