Comments Add Comment

यी किशोरीले करोडौंमा बिक्री गरिन् आफ्नो कुमारित्व

जब एक किशोरीले आफ्नो कुमारित्व लिलामीमा उद्घोष गरिन्, सर्बत्र हंगमा मच्चियो । तर, आफु किन कुमारित्व गुमाउन वाध्य हुनुपर्‍यो भन्ने सन्र्दभमा तिनले गरेको तर्क निकै मार्मिक र दुखलाग्दो थियो । ‘परिवारको घर बिक्री हुनबाट जोगाउनका लागि’ आफुले कुमारित्व लिलामीमा राख्नुपरेको उनको भनाई थियो ।

रोमानियोमा बस्ने किशोरी अलेक्जेन्ड्र कैकरिनले जसै कुमारित्व लिलामीमा राखिन्, हङकङका व्यापारी अघि सरे । त्यसका निम्ति उनले २० करोड रुपैयाँभन्दा बढी मूल्य चुकाए । किशोरी १८ बर्षकी थिइन् । र, उनले जर्मनीमा आधारित सिन्ड्रेला एस्कार्ट एजेन्सीमार्फत आफ्नो कुमारित्व लिलामीमा राखेकी थिइन् । उनले त्यसको मूल्य, ८ लाख पाउन्ड राखेकी थिइन् । उनले भनेकी थिइन्, ‘म कुमारित्व गुमाएर आफ्नो परिवारको लागि घर खरिद गर्न चाहन्छु ।’

तर, जब छोरीको यस्तो उद्घोष बुवाआमाले सुने, उनीहरु निकै खिन्न भए । उनीहरुले एक टेलिभिजन अन्र्तवार्तामा भने, ‘हाम्रो छोरीले आखिर किन यसो भनिरहेकी छिन्, हामी दुखी छौं । उनले घर जोगाउनका लागि कुमारित्व बेच्ने कुरा गरेकी छिन् तर हाम्रो घरको कुनै फाइनान्सियल लोन छैन ।’ किशोरीको पिता प्रहरी र आमा फर्मासिस्ट हुन् । उनीहरु कुनै हिसावले ऋणमा डुबेका छैनन् । सबैकुरा थाहा पाएपछि अभिभावकले किशोरीलाई त्यस्तो हर्कत गर्नबाट रोक्न खोजेका थिए । तर, उनी रोकिएनन् । एक कदम अघि बढेर भनिदिए, ‘म १८ बर्षकी हुँ । र, म आफ्नो शरीरको लागि जे गर्न पनि राजी छु ।’

कसरी आयो कुमारित्व बिक्री गर्ने आइडिया

कैफरिनको अनुसार उनले १५ बर्षमा एक फिल्म हेरेकी थिइन्, टिभीमा । त्यसमा एक किशोरी आफ्नो आवश्यक्ता पुरा गर्न एक रातको लागि आफु स्वंमलाई बिक्री गर्छिन् । यहि फिल्म हेरेपछि उनलाई भर्जिनिटी बिक्री गर्ने आइडिया आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment