Comments Add Comment

नयाँ बिमा कम्पनीको रुपमा आउन यी संस्था थिए तयार


२० चैत, काठमाडौं । चुक्ता पुँजीको नयाँ मापदण्ड आएसँगै नयाँ दर्ता प्रक्रियामा रहेका कम्पनीहरुले पनि अनुमती पाउँने छाँटकाँट देखिएको छ ।

हालै मेगा बैंकको सञ्चालक समितिको बैठकले बीमा कम्पनी सञ्चालन गर्ने निर्णय गरेको छ । बैंकले चैत ३ गते हुने बार्षिक साधारण सभाबाट कुनै सञ्चालनमा रहेको कम्पनीको पुरै वा आंशिक सेयर लिएर बीमा कम्पनी स्थापना गरेर जीवन र निर्जीवन बीमा कम्पनी सञ्चालन प्रस्ताव पारित गरेको छ ।

भारतमा बैंक सहित बीमा कम्पनी चलाइरहेको एसबिआई बैंकको नेपालीसँगको साझेदारीमा स्थापित नेपाल एसबीआई बैंकले पनि नेपालमा पनि बीमा कम्पनी चलाउने तयारी गरिरहेको छ ।

यसबाहेक बीमा समितिमा बैंक तथा वित्त कम्पनी र यससँग सम्बन्धित कम्पनीहरुले ७ भन्दा बढि कम्पनी दर्ताको लागि आवेदन दिएका थिए ।

यो मेसोमा सबैभन्दा पछिल्लो पटक तत्कालिन महालक्ष्मी फाइनान्स (हाल महालक्ष्मी बिकास बैंक) ले ४ करोड ७० लाख सेयर रहने गरि महालक्ष्मी लाइफ इन्स्योरेन्स स्थापना गर्न आवेदन दिएको थियो ।

सो समय रिलायबल डेभलपमेन्ट बैंकले रिलायबल लाइफ इन्स्योरेन्स, सिद्धार्थ बैंकले रिलायन्स लाइफ इन्स्योरेनस, तत्कालिन पब्लिक डेभलपमेन्ट बैंकले सन नेपाल लाइफ इन्स्योरेन्सको अनुमतिको लागि दर्ता गराएका थिए ।

त्यस्तै, नेपाल सेयर मार्केट्स एण्ड फाइनान्सले स्ट्रार लाइफ इन्स्योरेन्स र नेपाल डभलपमेन्ट बैंकर्स एशोसिएशनले पनि जनरल इन्स्योरेन्स स्थापनाको अनुमती मागेका थिए । समितिले हालसम्म भने आधिकारिक रुपमा नयाँ बीमा कम्पनी खोल्न सकिने नसकिने सु्चना सार्वजनिक गरेको छैन् ।

 

यो पनि हेरौं : 

बीमा कम्पनीलाई चुक्ता पुँजीको नयाँ मापदण्ड, २०७५ सम्म निर्जीवनलाई १ अर्ब र जीवनलाई २ अर्बको सीमा

बीमा कम्पनी सञ्चालन गर्न बैंकहरुको रुची, सुची दिन समितिको आनाकानी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment