+
+

किशोरीमाथिको यौन उत्पीडन फेसबुकमा लाइभ !

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २१ गते ११:४६

अमेरिकी शहर शिकागोमा १४ बर्षीय किशोरलाई आफुभन्दा एक वर्ष जेठी किशोरीमाथि यौन उत्पीडन गरेको आरोपमा गिरफ्तार गरिएको छ । सो ‘उत्पीडन’ को फेसबुकमा लाइभ स्ट्रिमिङ भएको थियो ।

नाबालिक भएको कारणले प्रहरीले आरोपीको नाम सार्वजनिक गरेको छैन । तर उनीमाथि अपराधिक मामलाका साथै चाइल्ड पोर्नोग्राफीको प्रसारसम्वन्धी मुद्दा दायर गरिएको छ ।

यो घटना अघिल्लो महिनाको हो । किशोरीमाथि ५-६ व्यक्तिहरुले उत्पीडन गरेको बताइएको छ । करिब ४० व्यक्तिहरुले त्यसलाई लाइभ हेरेका थिए, तर कसैले पनि प्रहरीमा उजुरी गरेनन् । एक किशोरले पीडितका एक आफन्तलाई उक्त घटनाबारे सुनाएका थिए ।

पीडित किशोरी आफ्नो परिवारसँग १९ मार्चमा चर्च गएकी थिइन् । फर्किने क्रममा उनी आफ्नो घर नजिकैबाट बेपत्ता भइन् । २१ मार्चमा उनी घर फर्किइन् तर त्यतिबेलासम्म उनको उत्पीडनको भिडियो फेसबुकमा आइसकेको थियो ।

छोरी घर फर्केपछि संभावित खतरा र छरछिमेकीहरुको सोधखोजबाट दिक्क भएर परिवारले आफ्नो निवास बदलेको छ । शिकागो प्रहरीले यो घटनामा संलग्न अरु व्यक्तिहरु पनि समातिने विश्वास व्यक्त गरेको छ ।

यस विषयमा फेसबुकका प्रवक्ताले भने, ‘यो जघन्य अपराध हो । हामी यस्तो प्रकारको विषयवस्तुलार्इ प्रशारण अनुमति दिन सक्दैनौं । फेसबुकमा मानिसहरुको गोपनियता काम राख्नु हाम्रो जिम्मेवारी हो । यौन उत्पीडनका सबै भिडियो तथा हिंसालाई बढावा दिने खालका सबै भिडियोहरुलाई हटाउनेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?