+
+

एटीएम ह्याक गरी पैसा निकाल्ने रसियन नागरिक पक्राउ 

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २१ गते १३:१६

२१ चैत, काठमाडौं । एटीएम ह्याक गरी पैसा निकाल्दै गर्दा रसियन नागरिक रंगेहात पक्राउ परेका छन् ।

दरबारमार्गस्थित इन्भेष्टमेन्ट बैंकको एटीएम बुथबाट एटीएम ह्याक गरी पैसा निकाल्दै गरेको अवस्थामा ३२ वर्षीय भोसिल एलेक्स सोसनोभलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट ५४ थान एटीएम कार्ड, एटीएम बुथमा अड्किएको प्रो इन्भेन्ट ९३२५ लेखिएको कार्ड फेला पारेको छ । यस्तै, उनको साथबाट एक हजार दरका १३४ थान र ५ सयका २७ थान नोटसहित एक लाख ४८ हजार ३ सय ५० रुपैयाँ र मोबाइल पनि बरामद गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?