Comments Add Comment

पर्यटन बोर्डले बीबीसी, रोयटर्स र ट्रिप एड्भाइजरसँग गर्‍यो प्रचार सम्झौता


२१ चैत, काठमाडौं । नेपालको पर्यटन प्रर्वद्धन गर्नका लागि नेपाल पर्यटन बोर्डले अन्तर्राष्टिय संचार माध्यमहरुसँग सहकार्य सुरु गरेको छ । बोर्डले एकैपटक बिबिसी, रोयटर्स तथा पर्यटन संस्था ट्रिप एडभाइजरसँग सहकार्य गरेको हो ।

आज नेपाल पर्यटन बोर्डले नेपाल पर्यटन प्रवर्द्धन गर्न बिबिसी, रोयटर्स र टि्रप एडभाइजरसँग सम्झौता गरेको छ । पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशी, बिबिसीका तर्फबाट दक्षिण एसियाका निर्देशक विशा भट्नाकर, टि्रप एडभाइजरका दक्षिण एसिया निर्देशक भरतनाथ पाल तथा रोर्यटसका दक्षिण एसिया निर्देशक एसएन बादरीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा पर्यटन बोर्डले उत्पादन गरेका सामग्रीहरु बिबिसी, रोयटर्स तथा ट्रिप एडभाइजरले आफ्ना संस्थाहरुका प्रकाशन तथा प्रसारण गर्ने उल्लेख गरिएको छ ।

बिबिसीले ६ महिनासम्म प्रचार प्रसारका लागि ६ लाख ५० हजार डलर, रोर्यटसले ३ महिनाका लागी ७५ हजार डलर र टि्रप एडभाइजरले एक वर्षका लागी २ लाख ५० हजार डलर रुपैयाँ लिनेछन् ।

सहमतिअनुसार ट्रिप एडभाइजरमा भोलिदेखि नै प्रचार प्रसारका समाग्री आउन थाल्ने छन् । नेपालको पर्यटन सम्बन्धी अडियो, भिडीयो प्रचार प्रसार गर्नका लागि पर्यटन बोर्डले १४ करोड २५ लाख रुपैयाँ छुट्याएको थियो ।

यो सहमतिले नेपालको पर्यटन प्रवर्द्धनलाई थप उचाइमा पुर्‍याउने विश्वास लिएको  पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment