+
+

मोबाइल फोनको इतिहासका १५ ‘क्रान्तिकारी’ मोबाइल

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २२ गते ११:५१


अहिलेको अत्याधुनिक स्वरुपमा आइपुग्दासम्म स्मार्टफोनले निकै लामो यात्रा तय गरेको छ । मोबाइल युगको सुरुदेखि अहिलेसम्म यस्ता कैयन् डिभाइसहरु आए जसले मोबाइल उद्योगको दिशा नै बदले । ती मध्ये केही मोबाइल त यतिधेरै लोकप्रिय भए की त्यसको सफलता मोबाइल इतिहासमा एक महत्वपूर्ण सफलता बनिसकेको छ ।

यहाँ यस्ता १५ वटा मोबाइल फोनको सूचि प्रस्तुत गरिएको छ जसको चर्चाविना मोबाइल् फोनको यात्राको इतिहास अपूरो हुन्छ । यी मध्ये कति मोबाइल तपाइँले चलाउनुभयो ?

१. मोटोरोला Star TAC : सन् १९९६ मा बजारमा आएको मोटोरोलाको क्तबच त्ब्ऋ एक फि्लप स्टाइल फोन थियो । उक्त फोनले टूजी नेटवर्क तथा मोनो रिंगटोन सपोर्ट गथ्र्यो, जसमा ५ सय मिलि एम्पिएर आवरको ब्याट्री रहेको थियो ।

२. नोकिया ३३१० : मोबाइल फोनको इतिहास नोकिया विना सदैव अधुरो नै रहनेछ । कम्पनीको सबैभन्दा लोकपि्रय फोन थियो नोकिया ३३१० । यो चट्टान जस्तै मजबुत थियो । सन् २००० मा लञ्च भएको यो फोनमा रहेको स्नेक गेम झनै लोकपि्रय थियो । यो फोनले मोबाइल फोनको इतिहासमा क्रान्तिकारी परिवर्तन ल्याएको थियो । नोकियाले यो ऐतिहासिक फोनलाई हालै पुनः लञ्च गरेको छ ।

३. नोकिया ११०० : नोकिया ११०० अहिलेसम्मकै सबैभन्दा धेरै बिक्रि हुने फोन मध्येको एक हो । २००३ मा लञ्चभएको यो फोनमा फ्लास लाइट पनि थियो । ब्याट्री निकै शक्तिशाली हुनुका साथै फोनको बडी पनि निकै मजबूत थियो । यो फोनको साइज पनि चिटिक्कको हुनुका कारणले उपभोक्ताको हातहातमा झुण्डिएको थियो ।

४.नोकिया ६६०० : सन् २००३ मा लञ्च भएको नोकिया ६६०० मा सिम्बियन अपरेटिंग सिस्टम थियो । यसमा ०.३ मेगापिक्सेलको क्यामरा थियो र भ्वाइस कलिंग पनि गर्न सकिन्थ्यो । इन्टर्नल मेमोरी ६ एमबी थियो, जसलाई बढाउन सकिन्थ्यो । यसमा २.१६ इन्चको टिएफटी डिस्प्ले लगाइएको थियो ।
५. नोकिया ९२१० : यो नोकियाको इन्जिनियरिंगको शानदार नमूना थियो । यो बिजनेस क्लास फोन हो, जो ल्यापटप जस्तै खुल्दथ्यो । यसको तल मिनी किबोर्ड लगाइएको थियो । यसबाट फ्याक्ट पठाउन तथा प्राप्त गर्न समेत सकिन्थ्यो । सन् २००० मा लञ्च भएको यो फोनमा कलर स्त्रिmन थियो । यसबाट इन्टरनेट समेत चलाउन सकिन्थ्यो ।

६.Moto RAZR V3: यो मोबाइल फोन सन् २००३ मा लञ्च भएको यो । उतिबेला यो स्टाइल आइकन नै बनेको थियो । यो उतिबेलाको निकै पातलो फोन हो र यसको आल्मुनियम बडी थियो र यसमा बाहिरी काँचको पत्र लगाइएको थियो ।

७. एरिक्सन T28 : सन् १९९९ मा लञ्च भएको यो फोन उक्त समयको सबैभन्दा पातलो फोन हो । यसको वजन जम्मा ८३ ग्राम थियो । यो डुअल ब्याण्ड जिएसएम कम्प्याटिबल थियो । यसको फोनबुकमा अढाई सय कन्ट्याक्ट स्टोर गर्न सकिन्थ्यो । यसमा केही गेम पनि थिए ।

८. ब्लाकबेरी पर्ल : भलै ब्लाकबेरीको अहिले नामोनिसान पनि हराउन थालेको छ तर आफ्नो समयमा यसका मोबाइल क्रान्तिकारी हुने गर्दथे । सन् २००६ मा लञ्च भएको पर्ल ८१०० पनि यस्तै थियो । यसमा स्योर टाइप किबोर्ड थियो तथा ट्रयाकबल बाट नेभिगेसन गर्न सकिन्थ्यो । यसमा १.३ मेगापिक्सेलको क्यामरा थियो । यसमा सेक्योरिटी फिचर्स पनि थिए । यतिधेरै शक्तिशाली क्यामरा राख्ने पहिलो मोबाइल यहीँ नै हो ।

९. नोकिया ८११०: सन् १९९६ मा लञ्च भएको यो फोन पनि निकै लोकपि्रय रह्यो । यसमा मेकानिकल स्लाइडर लगाइएको थियो जसलाई स्लाइड गर्दा किबोर्ड देखा पथ्र्यो । स्लाइडरमै माइक राखिएको थियो जुन खोल्दा प्रयोगकर्ताको मुखनजिक पर्दथ्यो । सन् १९९९ को सुपरहिट साइन्स फिक्स मूभी द मेटि्रक्समा पनि यो फोन देखाइएको छ ।

१०. एन गेजः नोकियाको यो फोन दुनियाको यस्तो पहिलो फोन हो, जो एक प्रकारले गेमिङ कन्सोल पनि थियो । यसमा साइडमा एयरपिस तथा माइक्रोफोन राखिएको थियो । सिम्बियनमा चल्ने यो फोनले प्रयोगकर्तालाई लामै समय व्यस्त राखिरहन सक्थ्यो ।

११. नोकिया एन ९५: सन् २००७ मा लञ्च भएको यो फोन त्यसबेला नोकियाको सबैभन्दा सानदार फोन थियो । सिम्बियन एस ६० अपरेटिंग सिस्टममा चल्ने यो फोनमा टु वे स्लाइडिंग मेकानिज्म रहेको थियो । यसमा ५ मेगापिक्सेलको क्यामरा थियो भने यसले ब्लुटुथ तथा वाइफाइ सपोर्ट गर्दथ्यो । यसलाई कुनै बेला आइफोनको प्रतिस्पर्धीको रुपमा समेत लिइएको थियो ।

१२. सोनी एरिक्सन के ७५० : सोनी एरिक्सनले सबैभन्दा राम्रो क्यामरा तथा शानदार अडियो क्वालिटीयुक्त फोनको पहिचान बनाएको थियो । सन् २००५ मा लञ्च भएको यो फोनमा रहेको भोल्यूम कन्ट्रोल किजबाट क्यामरा मोडमा जूम इन तथा जुमआउट गर्न सकिन्थ्यो ।

१३.एप्पल आइफोनः स्टिभ जब्सले सन् २००७ मा एप्पल कम्पनीको आइफोन लञ्च गरे । आइफोन आएसँगै मोबाइलको दुनियामा नयाँ युगको सुरुवात भयो । टचस्क्रिन डिभाइसको प्रवेश भयो, जसमा अनस्क्रिन बोर्ड हुन्थे । यसका अलावा प्रोक्सिमिटी सेन्सर, एम्बियन्ट लाइट सेन्सर तथा एक्सलरोमिटर जस्ता विभिन्न सेन्सर समेत यसमा रहेका थिए । यद्यपि लंचिंगका समेयमा यसमा एपस्टोर थिएन ।

१४. एचटिसी ड्रिमः एच टि सी कम्पनीको मोबाइल व्यवसाय अहिले धरासायी बनिरहेको छ तर यसको इतिहास निकै सुनौलो छ । एन्ड्रोइड अपरेटिंग सिस्टममा चल्ने पहिलो व्यवसायिक स्मार्टफोन उसैले लञ्च गरेको थियो । एचटिसी डि्रममा स्लाइड आउट टचस्त्रिmन थियो, जसको तल किबोर्ड रहेको थियो । यसको र्याम १९२ एमबी, इन्टर्नल मेमोरी २५६ एमबी थियो । एन्ड्रोइड १.६ डोनट अपरेटिंग सिस्टममा चल्ने यो स्मार्टफोनमा ११५० मिलि एम्पिएर आवरको ब्याट्री थियो ।

१५. सामसुंग ग्यालेक्सी नोटः विश्वस्तरीय एन्ड्रोइड स्मार्टफोन उत्पादनका लागि सामसुङ अहिले नम्बर वान कम्पनी हो । सन् २०११ मा उसले नोट सिरिजका स्मार्टफोन लञ्च गर्न सुरु गरेको थियो र सोही वर्ष उसले ग्यालेक्सी नोट लञ्च गरेको थियो । ५.३ इन्चको टचस्क्रिन युक्त यो स्मार्टफोनको आगमन सँगै फ्याबलेट शव्दको सिर्जना भयो । ठूलो स्त्रिmनका स्मार्टफोनको यात्रा यही ग्यालेक्सी नोटबाट सुरु भएको हो । – एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?