Comments Add Comment

गिटी कुटेर दैनिकी गुजारीरहेकी दृष्टिविहीन महिलाको उद्धार

२२ चैत, ताप्लेजुङ । ताप्लेजुङ सदरमुकामका विभिन्न स्थानमा गिटी कुटेर जीवन गुजार्दैै आएकी लाक्पा खाङ्डु शेर्पालाई गिटी कुट्ने कामबाट उद्धार गरी सहयोग रकम हस्तान्तरण गरिएको छ ।

दृष्टिबिहीनताको अवस्थामा गिटी कुटेर जीविकोपार्जन गर्नुपर्ने बाध्यतामा रहेकी शेर्पाबारे केहि दिनअघि बिभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित प्रशारित भएको थियो ।

मलेसियामा कार्यरत पाँचथर पञ्चमीका केपी अधिकारीको पहलमा संकलित १३ हजार ९ सय ५८ रुपैयाँ नगद प्राप्त भएसँगै उनलाई गिटि कुट्नबाट उद्धार गरी खान बस्नको व्यवस्थासहित राखिएको छ ।

सहयोग रकम मंगलबार एक कार्यक्रमकाबीच स्थानीय समाजसेबी तथा पाथिभरा क्षेत्र बिकास समितिका अध्यक्ष सजन पौडेल र पत्रकार महासंघ ताप्लेजुङ शाखा अध्यक्ष राजेन्द्र श्रेष्ठले शेर्पालाई हस्तान्तरण गरे । यसअघि अफगानिस्तानमा रहेका मणि सुब्बाले पनि शेर्पालाई १० हजार नगद सहयोग गरेका थिए ।

यो रकमले खान र बस्नको लागि करीब एक महिना पुग्ने र त्यस पछि काठमाडौ स्थित कपनमा रहेको आनि गुम्बाद्धारा सञ्चालीत पुर्नस्थापना केन्द्रमा राखिने तयारी भएको स्थानिय समाजसेवि तथा पाथिभरा क्षेत्र विकास समतिका अध्यक्ष सजन पौडेलले बताउनुभयो ।

यसैगरी समाचार प्रशारण भएसँगै नेपाल शेर्पा विद्यार्थी मञ्चले अस्ट्रेलियामा रहेका नेपालीबाट शोर्पाको सहयोगका लागि रकम संकलन गरीरहेको र केहि दिनमै उनलाई सहयोग प्रदान गरिने नेपाल शेर्पा संघका केन्दि्रय सदस्य लंजम शेर्पाले जानकारी दिए ।

दुबै आँखा नभएको र कोही आफन्त समेत नभएकी ५२ बर्षीया लाक्पा खाङ्डु शेर्पालाई केहि दिनमानै प्रकृया पुर्‍याएर काठमाडौको आनि गुम्बामा सम्पूर्ण व्यवस्थासहित राख्ने प्रक्रियासमेत सुरु भइसकेको लंजमको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment