+
+
Shares

राखी सावन्त पक्राउ परिन्, कारण यस्तो

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २२ गते १७:२१

बलिउड अभिनेत्री राखी सावन्त पक्राउ परेकी छिन् । पञ्जाब प्रहरीले उनलाई मुम्बईबाट पक्राउ गरेको हो । लुधियानाको एक अदालतले महर्षी वाल्मिकीको विरुद्ध एउटा टिभी शोमा आपत्तिजनक टिप्पणी गरेको विषयमा राखीका विरुद्ध अरेस्ट वारेन्ट जारी गरेको थियो ।

पञ्जाबको लुधियाना प्रहरीले उजुरी दर्ता गराउादै आरोप लगाएको छ कि राखीले अघिल्लो वर्ष एउटा निजी टिभी च्यानलको कार्यक्रममा महर्षी वाल्मिकीविरुद्ध टिप्पणी गरेर वाल्मिकी समुदायको भावनालाई ठेस पुर्‍याएकी थिइन् ।

९ मार्चमा प्रहरीले उनीमाथि अरेस्ट वारेन्ट जारी गरेको थियो । अदालतको तर्फबाट बारम्बार बोलाइदा पनि राखी ९ मार्चमा भएको मुद्दाको सुनवाईमा उपस्थित भइनन् । अदालतले यस मुद्दाको अर्को सुनवाई १० तारिखलाई तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?