Comments Add Comment

अर्घाखाँची सिमेन्ट नेपालकै पहिलो ‘मोइस्चर प्रुफ’ प्याकमा

२२ चैत, काठमाडौं । अर्घाखाँची ओपीसी सिमेन्ट उद्योगले नयाँ मोइस्चर प्रुफ प्याकमा अर्घाखाँची एमपी ओपीसी सिमेन्ट सार्वजनिक गरेको छ । अब यो सिमेन्टलाई ओस तथा साधारण पानीले असर नगर्नेे भएको छ ।

सिमेन्टको धुलो बाहिर ननिस्कने हुनाले निर्माणकर्मी एवं उपभोक्तालाई भण्डारण र प्रयोग गर्नका लागि सहज हुने कम्पनीले जनाएको छ । धुलो रहित हुने भएकाले लोड अनलोड र निर्माणमा जुट्ने कामदारको स्वास्थ्यमा असर पार्ने छैन ।

नयाँ मोइस्चर प्रुफ प्याकेजिङमा अर्घाखाँची एमपी ओपीसी सिमेन्टको प्याक होटल र्‍याडिसनमा भब्य रुपमा सार्वजनिक गरिएको हो ।

अर्घाखाँची एमपी ओपीसी सिमेन्ट सार्वजनिक गर्ने क्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष तथा कम्पनीका निर्देशक पशुपति मुरारकाले भनेे, ‘हामीले सिमेन्टको गुणस्तर र तौलमा कुनैपनि कमी नहोस् साथै ओसबाट सिमेन्ट सुरक्षित होस् भन्ने उद्देश्यले यस्तो किसिमको प्याकेजिङ् भित्र्याएका हौैं ।’

उनले यो प्याकेजिङ् नेपालमै पहिलो र एक मात्र भएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment