+
+

यी हुन् दुनियाका सबैभन्दा महंगा ६ हिरा

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २३ गते १३:२६


हालै हंगकंगमा एक दुर्लभ गुलाबी हिरा ७ करोड १० लाख डलर अर्थात् झण्डै साढे ७ अर्ब डलरमा लिलामी भएको छ । हिराको बिक्रिमा यो एक नयाा विश्व रेकर्ड पनि हो ।

अण्डाकारको पिंक स्टार नामक उक्त गुलाबी हिरा ५९.६ क्यारेटको छ । सन् २०१३ मा यो बिक्रिको लागि राखिएको थियो तर यसको मूल्य चुकाउन अहिलेसम्म कोही पनि तयार भएको थिएन ।

यो गुलाबी हिरा भन्दा अगाडि उच्च मूल्यमा बिक्रि भएका दुनियाका अन्य ५ हिरा यस्ता छन्  :
ओपनहाइमर ब्लू : सन् २०१६ को मे महिनामा ओपनहाइमर ब्लू हिरा ५.०६ लाख डलर अर्थात् ५ करोड रुपैयाा भन्दा बढिमा बिक्रि भएको थियो ।  १४.६२ क्यारेटको उत्तः निलो हिरालाई जेनेभाको क्रिस्टी अक्सन हाउनले फोनको माध्यमबाटै लिलामी गरेको थियो । हिरा कसले खरीद गर्यो भन्ने कुरा गोप्य राखियो ।

ब्लू मुन :  नोभेम्बर २०१५ मा एक औाठीमा लगाइएको १२.०३ क्यारेटको ब्लू मुन नामक हिराको लिलामी भयो । हंगकंग्का व्यवसायी जोसेफ लू ले त्यसलाई ४ करोड ८४ लाख डलर मूल्य चुकाए । उनले आफ्नी ७ वर्षकी छोरीका लागि उक्त ५ अर्ब रुपैयााको हिराको औाठी किनिदिएका थिए र आफ्नो छोरीको नामबाट उक्त हिराको नाम ब्लू मुन अफ जोसेफाइन राखे ।

सनराइज रुबी : गाढा रातो रंगको यो पत्थर २५.५९ क्यारेटको छ । सन् २०१५ मा यो पत्थरको  गहना ३ करोड डलरमा बिकेको थियो । यो हिरा बाहेकको सबैभन्दा महंगोमा बिकेको पत्थर हो ।

रंगहीन हिरा :  सन् २०१३ को नोभेम्बरमा क्रिस्टी अक्सन हाउसले विश्वको सबैभन्दा ठूलो रंगहीन हिराको लिलामी गरेको थियो । प्रति क्यारेटको हिसाबले उक्त हिरा त्यस समयमा सबैभन्दा महंगोमा बिक्ने हिरा थियो । त्यसको मूल्य प्रति क्यारेट २५ करोड रुपैयाा परेको थियो ।
ग्राफ पिंक : २७.७८ क्यारेटको चमकदार गुलाबी रंगको उक्त हिरालाई अहिलेसम्म पाइएकामध्ये सबैभन्दा ठूलो हिरा मानिन्छ । यसको लिलामी सन् २०१० मा ४.६२ करोड डलरमा भएको हो । बेलायती कारोबारी डिलर लरेन्स ग्राफले उक्त हिरा खरीद गरेका थिए । बीबीसी हिन्दी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?