+
+

मध्यरातमा अनुगमनमा निस्किए मन्त्री शाही, भने- खाल्डोमा सवारी खस्यो भन्ने सुन्न नपरोस्

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २४ गते ९:४१

२४ चैत, काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाही मध्यरातमा मेलम्ची खानेपानीको पाइप बिछ्याएको अनुगमन गर्न निस्किएका छन् । मेलम्चीको पाइप गाड्न सडकमा खनिएको खाल्डोमा सवारी साधन खस्ने गरेको जनगुनासो व्यापक मात्रामा आउन थालेपछि मन्त्री शाही अनुगमनका लागि मध्यरातमा पुगेका हुन् ।

मन्त्री शाहीले अनुगमनका क्रममा सडकमा खाल्डो देखेपछि मध्यरातमै पुर्न निर्देशन दिए | मन्त्री शाहीले निर्देशन दिंदै भने, पाइप बिछ्याउनका लागि सडकमा खनिएको खाल्डाहरु तत्कालै पुर्ने व्यबस्था गर्नुस् । जनतालाई सास्ती हुने अवस्था आउन दिन हुँदैन । रातभरी काम गरिरहनु भएको छ । उज्यालो हुँदा जनताले सडकमा खाल्डो छ भन्ने थाहा नपाउन । खाल्डोमा सवारी साधन खस्यो भन्ने समाचार सुन्ने अवस्था नआओस् ।’
उनले विकास गर्दा केही समस्या आउने भन्दै जनताको गुनासो र समस्यालाई पनि बुझेर अघि बढ्नु पर्ने बताए ।

मेलम्ची खानेपानीको प्रयोजनका लागि सडकमा पाइप गाड्न खनिएको खाल्डो पुरिसकेपछि सडक पिच गर्न मन्त्रालयले सडकलाई बजेट दिइसकेको भन्दै मन्त्री शाहीले काठमाडौँका जनताले केही समयपछि धूलोको सास्तीबाट मुक्ति पाउने बताए ।

मन्त्री शाहीले राती साढे १२ बजेसम्म बसेर सडकमै बसेर खाल्डो पुर्न लगाएको उनको निजी सचिवालयले जनाएको छ । उनले मेलम्चीको पाइप विछ्याउने क्रममा खनिएको ठाउँबाट धूलो उड्दा जनस्वास्थ्यमा गम्भिर असर परेको भन्दै पाइप पुरिसकेपछि तत्काल अस्थायी पिच गरेर त्यो समस्या आउन नदिन पनि निर्देशन पनि दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?