+
+

नतिजा प्रकाशित नगर्दा उम्मेदवार मर्कामा

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २४ गते ९:१५

२४ चैत, काठमाडौं । लोकसेवा आयोगले समयमै नतिजा प्रकाशन नगर्दा परीक्षामा सहभागी उम्मेदवार मर्कामा परेका छन् ।

आयोगले स्वास्थ्य सेवातर्फको पाचौँ तहको हेल्थ असिस्टेन्ट पदको गत कात्तिकमा अन्तवार्ता सम्पन्न गरेपनि हालसम्म नतिजा प्रकाशन गर्न सकेको छैन ।

अन्तर्वार्ता भइसकेको अवस्थामा आयोगले अझैसम्म नतिजा ननिकाल्दा आफूहरु अन्यौलमा रहेको पीडित उम्मेदवार शंकर विष्टले बताए ।
उनका अनुसार आयोगले सोही तहको मध्यमाञ्चल र पूर्वाञ्चल विकास क्षेत्रको नतिजा प्रकाशन गरेपनि अन्य विकास क्षेत्रको नतिजा प्रकाशित नगर्दा करिव एकहजार उम्मेदवार पीडित बनेका छन् ।

विसं २०७२ माघ २७ गतेको विज्ञापनबाट खुलाइएको उक्त पदको लिखित परीक्षा उत्तीर्ण गरेका उम्मेदवारको अन्तवार्तासमेत भइसकेको छ । आयोगले सोही पदका लागि पुनः विज्ञापन गरे पनि अहिलेसम्म गत वर्षको विज्ञापनबाट नै पदपूर्ति गर्न सकेको छैन ।

हेल्थ असिस्टेन्ट एसोसियसन नेपाल (हान)का उपाध्यक्ष प्रकाश परियारले सोही तहको परीक्षाको नतिजा प्रकाशित गरेर अन्यले जागिर खाए पनि आफूहरु आयोगले नतिजा प्रकाशित नगर्दा मर्कामा परेको बताए ।

‘अहिले हामीसँगका साथीहरु जागिर खाइरहेका छन्’ उनले थपे, ‘तर हाम्रो नतिजा आयोगले प्रकाशित नगर्दा त्यतिकै रहेका छौं ।’

उनले आयोगले नतिजा प्रकाशन नगर्दा सोही तहको यो वर्ष खुलाइएको विज्ञापनमा पनि आवेदन दिएको जानकारी गराए ।

आयोगका सहप्रवक्ता गीताकुमारी हुमागाईले केही उम्मेदवारले सर्वोच्च अदालतमा रिट दायर गरेकोले नतिजा प्रकाशनमा ढिलाई भएको बताए ।

अन्तर्वार्तामा सहभागी नगराइएका वरिष्ठ अहेबले सहभागिताको माग गर्दै रिट दायर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?