+
+

पर्यटन प्रबर्द्धनका लागि एनआरएनएले नमस्ते अभियान सञ्चालन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २४ गते १४:१६

६ अप्रील, काठमाडौं । पर्यटन प्रबर्धनका लागि एनआरएनएले ‘नमस्ते अभियान’ सञ्चालन गर्ने भएकाे छ ।

गैरआवासीय नेपाली संघ अन्तरगतको नेपाल पर्यटन प्रबर्द्धन समिति र निजी क्षेत्रका पर्यटन सम्बन्धी संघ, संस्थाहरुको आयोजनामा यही अप्रील ९ तारिखमा काठमाडौं र अन्य मुख्य पर्यटकीय शहरहरुमा यो अभियान सञ्चालन गर्न लागेको हो ।

नेपालको अर्थतन्त्रमा पर्यटन महत्वपूर्ण आधार भएकोले यसको प्रबर्द्धन गर्ने उद्देश्यले यो अभियान सञ्चालन गर्न लागिएको गैरआवासीय नेपाली संघ अन्तर्गतको नेपाल पर्यटन प्रबर्द्धन समितिका अध्यक्ष भवन भट्टले जानकारी दिए ।

मुख्य गरी यो अभियानबाट सरोकारवालाहरुलाई पर्यटन व्यवसायमा प्रेरित गर्दै मौलिक सभ्यता तथा संस्कृतिहरुका बारेमा पर्यटकहरु जानकारी गराउन प्रेरिरित गर्ने रहेको उनले बताए ।

साथै पर्यटकहरुप्रति गरिने व्यबहार परिवर्तनमा समेत अभियानले सहयोग पुर्‍याउने लक्ष्य राखिएको उनको भनाई छ ।

‘अतिथि देवोभव’ भन्ने नारासहित काठमाडौं, पोखरा, चितवन र लुम्बिनिमा एकै दिने हुन लागेको अभियानका बारेमा अप्रील ८ मा बृष्तृत जानकारी दिइने अध्यक्ष भट्टले विज्ञप्ति मार्फत जानकारी दिएकाछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?